पाकिस्तानी प्रधानमन्त्री खानलाई संसदमा विश्वासको मत प्राप्त



पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शनिबार संसदको तल्लो सदन नेशनल एसेम्ली (एनए) बाट विश्वासको मत प्राप्त गर्न सफल भएका छन् । सभाका सभामुख असद कैसरले प्रधानमन्त्री खानलाई विश्वासको मत मिलेको जानकारी दिए ।

सभामुखका अनुसार पाकिस्तानी प्रधानमन्त्रीले आफू प्रधानमन्त्री हुँदा सन् २०१८ मा पाएको कूल मतभन्दा दुई मत बढी अर्थात् १७८ मत ल्याई पाकिस्तानी प्रधानमन्त्रीका रूपमा आफूलाई ताजा जनादेश रहेको पुष्टि गरेका छन् ।

राष्ट्रपतिले बोलाएको संसदको नयाँ अधिवेशनमा प्रधानमन्त्री रहिराख्न खानले आफूलाई प्रधानमन्त्रीमा साधारण बहुमत रहेको पुष्टि गर्नका लागि विदेशमन्त्री साह मोहम्मद कुरेसीद्वारा संसदको तल्लो सदन प्रस्तुत प्रस्ताव अनुमोदन भएसँगै उनलाई थप विश्वासका साथ काम गर्ने प्रोत्साहन मिलेको छ ।

तल्लो सदनमा सत्तारुढ पार्टीको बहुमतको बाबजुद पनि विपक्षी गठबन्धनका उम्मेदवारको नजिकको प्रतिस्पर्धामा उनका अर्थमन्त्री अर्थमन्त्री अब्दुल हफीज शेखलाई समर्थन गरेपछि पाकिस्तानी प्रधानमन्त्रीले विश्वासको मत पुष्टि गर्नुपर्ने अवस्था आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम