चीनले अरब लिगलाई दियो कोभिडविरुद्धको खोप



चीनले अरब लिगलाई कोभिड १९ का विरुद्धको खोप उपलब्ध गराएको जनाइएको छ । बिहीबार चीन सरकारले अरब लिगलाई सिनोफार्म कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोप अरब लिगको सचिवालयमा उपलब्ध गराएको हो ।

इजिप्टको कायरोमा रहेको अरब लिगको सचिवालयमा लगेर इजिप्टका लागि चिनियाँ राजदूतले खोप उपलब्ध गराएका हुन् । त्यस अवसरमा उनले खोप उपलब्ध गराएसँगै यसबाट चीन र अरेबियाली देशहरुका बीचको सम्बन्धमा नयाँ आयाम थपिने पनि उल्लेख गरे ।

उनले यो अवस्थाले चीन र अरब विश्वको सम्बन्ध आगामी दिनमा थप बलियो बन्दै जाने धारणा पनि राखे । इजिप्टमा रहेको अरब लिगको सचिवालयमा एक विशेष समारोहको आयोजना गरेर खोप हस्तान्तरण कार्यक्रमको आयोजना गरिएको थियो ।

चीनले यसअघि पनि अरबका विभिन्न देशलाई सिनोफार्म कम्पनीको खोप उपलब्ध गराएको थियो । चीनले यसअघि पनि कोभिडको संक्रमणको शुरुवातका समयमा पनि कतिपय अरब देशहरुलाई स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही