विश्वमा कोरोना संक्रमितको संख्या ११ करोड ६६ लाख नाघ्यो



विश्वमा कोरोना भाईरस संक्रमितको संख्या ११ करोड ६६ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ३३ हजार भन्दाबढी नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ११ करोड ६६ लाख हजार ६८ सय ३८३ पुगेको छ।

यस्तै, कोरोना संक्रमणका कारण विश्वमा पछिल्लो २४ घण्टामा ९ हजार २ सय बढीको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण हालसम्म २५ लाख ९२ हजार ४७ जनाको मृत्यु भइसकेको छ। विश्वमा हालसम्म ९ करोड २२ लाख ८० हजार ६६८ जना कोरोना भाइरसका संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल विश्वमा दुई करोड १७ लाख ९५ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । विश्वमा सबैभन्दाबढी प्रभावित अमेरिकामा हालसम्म संक्रमितको संख्या दुई करोड ९५ लाख ९३ हजार ७ सय ४ पुगेको छ । संक्रमितमध्ये २ करोड १ लाख ८३ हजारभन्दा बढी निको भएका छन् भने ५ लाख ३५ हजार ५ सय ६३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा थप १ सय ९ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५७ हजार ६९३ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा १८ हजार २९२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ करोड ११ लाख ९१ हजार ८६४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनले युद्धका लागि सैन्य सेवा उमेरका नागरिकलाई स्वदेश फिर्ता बोलाउने

सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश फर्कन प्रोत्साहित गर्ने नयाँ उपायहरू

बाइडेनको अभियान फ्लोरिडामा, गर्भपतन अधिकार अभियानको प्रमुख बिषय

गर्भपतन अधिकारका लागि गरेको प्रयास रुढिवादी झुकाव भएको फ्लोरिडा राज्यमा प्रतिध्वनित हुने आशामा

म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको