विश्वमा २४ घन्टामा नौ हजार सात सयबढी कोरोना संक्रमितको मृत्यु



विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ लाख ८१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा नौ हजार सात सय भन्दाबढीको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २५ लाख ८१ हजार ६४९ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ४ लाख ५३ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ११ करोड ६२ लाख १६ हजार ५८० पुगेको छ । हालसम्म विश्वमा ९ करोड १८ लाख ८४ हजार भन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । संक्रमितमध्ये २ करोड १७ लाख ५० हजार ६८२ जना सक्रिय संक्रिमत रहेका छन् भने ८९ हजार ७४७ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोनाले सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ५ लाख ३३ हजार ६३६ जनाको मृत्यु भएको छ भने २ करोड ९५ लाख २६ हजार भन्दा बढी संक्रमित भएका छन् । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितका संख्या १ करोड ११ लाख ७३ हजार नाघेको छ भने १ लाख ५७ हजार ५८४जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलद्वारा इरानमा आक्रमण

बीबीसी । इजरायलले इरानमा क्षेप्यास्त्र प्रहार गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको

अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध

उच्च अदालतको आदेशपछि माल्दिभ्सका पूर्वराष्ट्रपति यामिन रिहा

  भ्रष्टाचार र मनी लन्ड्रिङको आरोपमा ११ वर्षको कारागार सजाय पाउनुभएका माल्दिभ्सका पूर्वराष्ट्रपति

भारमा आमचुनावः २१ राज्यमा १०२ सिटका लागि मतदान सुरु

भारतमा आजदेखि आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ