कोभिडबाट अत्यधिक प्रभावित इटलीमा गरीबीको दर उच्च



कोरोनाभाइरस महामारीले ग्रसित इटलीको अर्थव्यवस्था अत्यधिक प्रभावित भएसँगै यहाँको गरीबीको दर पनि १५ वर्ष यताकै उच्च देखिएको छ । इटलीमा सन् २००५ पछि गत बर्ष गरिबीको दर बढेर उच्च स्तरमा पुगेको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कमा उल्लेख छ ।

करिब छ करोड जनसङ्ख्या रहेको यस यूरोपेली मुलुकमा पूर्ण गरीबीमा रहेका मानिसहरूको सङ्ख्यामा सन् २०२० मा १० लाख वृद्धि भई ५६ लाख पुगेको छ ।

इटालीको तथ्याङ्क कार्यालय ‘स्टाट’ का अनुसार इटलीमा गरिबको रूपमा हेरिएका घरपरिवारको संख्या १७ लाखबाट बढेर २० लाख पुगेको छ भने उनीहरूले खाद्यान्नलगायतका दैनिक जीवनका आधारभूत आवश्यकता धान्न नसक्ने अवस्था रहेको छ ।

प्रतिशतको हिसाबले ९.४ प्रतिशत व्यक्ति र ७.७ प्रतिशत परिवारहरूलाई गरिबको रूपमा वर्गीकृत गरिएको छ । यो इटलीले गरिबीको तथ्याङ्कको लोखाजोखा राख्न थालेपछिको सबैभन्दा उच्च तह हो ।
सन् २००५ मा केवल तीनदेखि चार प्रतिशत इटालियाली परिवार तथा व्यक्तिहरू पूर्ण गरिबीमा रहेका ‘स्टाट’ले उल्लेख गरेको छ ।

सन् २०११ पछि यो दर बढेपछि इटालीले चरम आर्थिक सङ्कटको सामना ग¥यो र त्यसबेलादेखि तुलनात्मक रूपमा सामान्य वृद्धि हुँदै आएको थियो ।

तथ्याङ्क अनुसार इटलीमा औसत मासिक घरेलु खर्च सन् २०२० मा सन् २०१९ को तुलनामा ९.१ प्रतिशत घटेर दुई हजार ३०० यूरो (करिब दुई हजार ८०० अमेरिकी डलर) पुगेको छ । यो तथ्याङ्क सन् २००० पछिको सबैभन्दा न्यून हो ।

इटली कोरोनाभाइरस महामारीको कारणले अत्यधिक ग्रस्त यूरोपको पहिलो मुलुक हो । कोभिड–१९ का कारण इटलीमा करिब एक लाख नागरिकले ज्यान गुमाएका छन् । गत वर्ष दोस्रो विश्वयुद्धपछि इटलीले सबैभन्दा खराब मन्दीको सामना गरेको छ ।

‘स्टाट’ले भनेको छ, “इटलीको औसत कूल गार्हस्थ उत्पादन सन् २०२० मा घटेर झण्डै चार लाख ५० हजार अर्थात् नौ प्रतिशतले घटेको र यसका कारण प्रायः महिला, युवा कामदार तथा स्वरोजगार नागरिकले रोजगारी गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्वाध सहायता अनुमति दिन आदेश

नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले इजरायललाई गाजापट्टीमा रहेका प्यालेस्टिनीका लागि आधारभूत मानवीय

ठगी आरोपमा क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय

क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान–फ्राइडलाई अमेरिकी

भारतको जम्मु-श्रीनगरमा ट्याक्सी दुर्घटनामा १० जनाको मृत्यु

भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार ट्याक्सी खस्दा दश

चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो