भारतको छत्तिसगढमा १३ जना तेस्रो लिङ्गी व्यक्ति प्रहरीमा भर्ना



भारतको छत्तिसगढ राज्य सरकारले १३ जना तेस्रो लिङ्गीहरूलाई राज्य प्रहरीमा भर्ना गरेको छ । यति ठूलो सङ्ख्यामा लैङ्गिक अल्पसङ्ख्यकलाई राज्य प्रहरीमा अवसर दिइएको भारतमा यो पहिलो पटक हो ।

एकजना अधिकारीका अनुसार उनीहरू प्रतिस्पर्धामार्फत प्रहरी जवान दर्जामा छनौट भएका हुन् । अहिलेसम्म तमिलनाडू र राजस्थान राज्यमा एक–एकजना गरी दुई जना तेस्रो लिङ्गी मात्र प्रहरीमा भर्ती भएका थिए ।

सन् २०१४ मा सर्वोच्च अदालतले लैङ्गिक अल्पसङ्ख्यकलाई तेस्रो लिङ्गी समुदायको रूपमा मान्यता दिँदै अरूहरू सरह उनीहरूले पनि समान अधिकार पाउने आदेश दिएको थियो । अधिकारीवादी समूहहरूले भारतमा लैङ्गिक अल्पसङ्कहरूले भेदभावको सामना गर्नुपरेको बताउने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही