डेनमार्कमा लकडाउनको विरोध गर्नेहरु पक्राउ



कोरोनाभाइरसको संक्रमण फैलिएपछि डेनमार्कमा गरिएको लकडाउनको विरोध गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । राजधानी डेनमार्ककै लकडाउनको विरुद्धमा उत्रिएका आठ जनालाई शनिबार अबेर पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।

लकडाउनबाट असन्तुष्टहरुको समूहले आयोजना गरेको लकडाउन विरोधी प्रदर्शनमा झण्डै एक हजार २०० सहभागी भएका थिए । “प्रदर्शनमा सुरुमा झण्डै ६०० सयहभागी भएकोमा कार्यक्रम समापन हुने बेलासम्म एक हजार २०० पुगेका थिए,” एक प्रहरीले भने ।

शान्तिपूर्ण प्रदर्शन गरेकाहरुलाई केही नगरिएको र हिंसात्मक क्रियाकलाप गर्नेहरुलाई मात्रै पक्राउ गरिएको प्रहरी अधिकारीहरुको भनाई छ । प्रदर्शनमा सहभागीमध्ये पक्राउ परेका आठ जनाले हिंसात्मक र तोडफोड तथा आगजनी जस्ता व्यवहार गरेको प्रहरीले जनाएको छ ।

कोरोनाभाइरसको महामारी नियन्त्रणमा नआएको भन्दै सरकारले डेनमार्कमा लकडाउनको अवधि थप्दै लगेको छ । डेनमार्कमा अहिले आंशिक लकडाउन रहेको छ । डेनमार्कमा गत डिसेम्बरदेखि लकडाउन कायमै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा देशव्यापी लकडाउन नगर्न विज्ञको सुझाव

भारतमा कोरोना भाइरसको महामारी तीव्ररुपमा फैलिँदै गएपनि देशव्यापी लकडाउनको आवश्यकता भने नरहेको सरोकारवालाहरुले

बङ्लादेशमा कोरोना संक्रमणबाट एकैदिन ९६ जनाको मृत्यु

कोरोना भाइरसको महामारी फैलिइरहेको बङ्लादेशमा बुधबार एकैदिन अहिलेसम्मकै सवैभन्दा धेरैको मृत्यु भएको छ

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई कोरोना संक्रमण

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना भाइरसको संक्रमण भएको छ । ट्वीट गर्दै

नाइल बाँधका बारेमा छलफल गर्न सुडानद्वारा इथियोपिया र इजिप्टलाई आमन्त्रण

सुडानका प्रधानमन्त्रीले आफ्ना इजिप्ट र इथियोपियाका समकक्षीहरुलाई नाइल नदीमा निर्माणाधीन बाँधका विषयमा छलफल