चीनको गरिबी निवारण विश्वका लागि नमूना



गरिबी निवारणमा चिनियाँ नमूनाले विश्वको गरिबी निवारणका लागि उदाहरणीय योगदान पुर्याउने चीनले बताएको छ । चीनमा पूर्ण गरिबी उन्मूलन गरी पूर्वनिर्धारित समय भन्दा दश वर्षअगाडि नै ‘संयुक्त राष्ट्र संघको दिगो विकास सम्बन्धी कार्यसूचि’ मा तोकिएको गरिबी निवारणको लक्ष्य पूरा गरेको चिनियाँ अधिकारीले दावी गरेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीले गरिबी चीनले विगत आठ वर्षमा गरिबी निवारणका लागि गरेको पहलबाट करिब दश करोड चिनियाँ नागरिकले गरिबीबाट मुक्ति पाएका बताए ।

“यसलाई हरेक वर्ष प्राप्त सबैभन्दा ठूलो उपलब्धिका रूपमा चीनले लिएको छ भने विश्वका लागि यो एक उदाहरणीय काम हो,” उनले भने । विश्वको जनसंख्याको करिब २० प्रतिशत स्थान ओगटेको चीनमा गरिबी निवारण हुनुलाई संयुक्त राष्ट्रसंघ लगायतका संस्थाहरूले प्रशंसा गरेका छन् । यो नियमित प्रगति चीनका लागि मात्र नभई विश्वका लागि पनि ठूलो उपलब्धि भएको चीनको दावी छ ।

विश्व बैंकको पूर्ण गरिबीको मापदण्ड बमोजिम, अहिलेसम्म विश्वका ७० करोड भन्दा बढी जनसंख्या पूर्ण गरिब अवस्थामा रहेको छ । कोरोना महामारीले गरिबी निवारण प्रक्रियालाई सुस्त पारेपनि चीनले चीनले धेरै कठिनाईलाई जितेर समयमै पूर्ण गरिबी उन्मुलन गरेको चिनिया गरिबी निवारण कार्यक्रमको दावी छ ।

विश्वका कुनै पनि देशले यस्तै छोटो समयमा यति धेरै जनसङ्ख्यालाई गरिबीको अवस्थाबाट मुक्त गर्न नसकेको तर चीनले सफलताका साथ इतिहास रचेको चीनले आफ्ना अन्तर्राष्ट्रिय मञ्चमा बताउने गरेको छ । चिनियाँ नमूनाबाट अरु देशले गरिबी निवारणका लागि पाठ सिक्न सक्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत