भारत र पाकिस्तानका सेनाबीच गोली हानाहान रोक्ने सहमति
भारत पाकिस्तानका सेनाबीच भएको वार्तामा दुवै पक्ष फेब्रुअरी २४ मध्यरातदेखि सीमाक्षेत्रमा गोली हानाहान रोक्न सहमत भएका छन् । दुवै देशका सेनाका डीजीएमओबीच हटलाइनमार्फत वार्ता भएको थियो। दुवै देशबाट सीमामा रहेको बुरी गाउँ नजिक लगातार गोली हान्ने काम भएपछि वार्ता भएको थियो।
भारत र पाकिस्तानबीच कश्मीर क्षेत्रमा ३,३२३ मिटर लामो सीमा रहेको छ। वार्तापछि जारी संयुक्त वक्तव्यमा भनिएको छ, ‘दुवै पक्षले सीमारेखा र अन्य क्षेत्रमा पूर्वसहमति, आपसी समझदारी र युद्धविरामलाई फेब्रुअरी २४/२५ रातिदेखि पूर्ण रूपमा पालना गर्ने छ।’