पछिल्लो २४ घण्टामा विश्वमा कोरोना संक्रमणबाट करिव १५ हजारको मृत्यु
पछिल्लो २४ घण्टामा १४ हजार ९४६ संक्रमितको मृत्यु भएको छ । योसँगै १७ लाख ३७ हजार ५१८ संक्रमितको मृत्यु भएको वल्डडोमिटर्सले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ७ लाख १८ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ५६ लाख ४५ हजार ३०१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ७ लाख १८ हजार ३ सयभन्दा बढीमा संक्रमण भएको छ । योसँगै विश्वभर संक्रमित संख्या ७ करोड ९० लाख ५१ हजार ४३८ पुगेको छ । हाल विश्वभर २ करोड १६ लाख ६८ हजार ६१९ जना सक्रिय संक्रमित छन् भने एक लाख ६ हजार भन्दाबढीको अवस्था गम्भीर रहेको छ ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड ८९ लाख १७ हजार १५२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ११ लाख भन्दाबढी संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ३४ हजार नाघेको छ । त्यसैगरी, भारतमा सक्रमितको संख्या १ करोड १ लाख २३ हजार ५४४ पुगेको छ ।
संक्रमितमध्ये एक लाख ४६ हजार ७७८ जनाको मृत्यु भइसकेको छ भने हालसम्म ९६ लाख ३२ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ७३ लाख ६६ हजार नाघेको छ भने १ लाख ८९ हजार २६४ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ६४ लाख ५ हजार भन्दा बढी निको भएका छन् ।