रूसद्वारा ईयूका अधिकारीहरूविरुद्ध यात्रा प्रतिबन्धको घोषणा



केही रूसी अधिकारीमाथि लगाइएको प्रतिबन्धको बदलामा मङ्गलबार रूसले पनि केही यूरोपेली संघ (ईयू) का अधिकारीहरूमाथि प्रतिबन्धको घोषणा गरेको छ । यसअघि ईयूले रूसका विपक्षी नेता अलेक्सी नाभाल्नीलाई विष सेवन गराइएको घटनालाई जोडेर केही रूसी अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको थियो ।

रूसी परराष्ट्र मन्त्रालयले जारी विज्ञप्तिमा भनिएको छ, “युरोपेली युनियनको निर्णयको जवाफमा रुसी संघमा प्रवेश निषेध गरिने ‘ईयू सदस्य राष्ट्रहरु र विभिन्न यूरोपेली संस्थाका प्रतिनिधिहरुको सूची रूसले तयार गर्ने निर्णय भइसकेको छ ।”मस्कोले तीन ईयू देशका वरिष्ठ कूटनीतिज्ञहरूलाई बोलाई आफ्ना अधिकारीमाथि लगाइएको प्रतिबन्धबारे सोधपुछ गरेपछि बदलामा तत्कालै ईयूका प्रतिनिधिहरूमाथिको प्रतिबन्धको घोषणा गरेको हो । नाभाल्नीलाई गत अगस्टमा सोभियत संघकालीन नोभिचोक बिष दिइएको भन्ने ल्याबको रिपोर्टपछि ईयूले यस घटनालाई जोडेर केही रूसी अधिकारीलाई ईयू यात्रामा प्रतिबन्ध लागाएको थियो ।

रूसी सरकारका एक प्रवक्ताले एएफपीलाई दिएको जानकारीमा भनिएको छ, “मस्कोले ईयूका कुटनीतिज्ञहरूमाथिको प्रतिबन्ध घोषणा गर्नु पहिले जर्मनी, फ्रान्स र स्विडेनका प्रतिनिधिहरूलाई रूसी अधिकारीमाथि प्रतिबन्ध लागू भएको सम्बन्धमा विदेश मन्त्रालयमा बोलाई जानकारी लिइएको थियो ।” यूरोपेली कुटनीतिज्ञले यस सम्बन्धमा सावैजनिक भनाइ राखिसकेका छैनन् । नाभाल्नीलाई रूसी गुप्तचर संस्था (एफएसबी) लाई घात गरेको भन्दै उहाँको भित्रि कपडाभित्र (गुप्ताङ्गमा) विष दिएर मार्ने कोसिस गरेको कुरा सार्वजनिक गरेको एक दिनपछि यो घोषणा आएको हो ।

नाभाल्नीको बयानलाई ‘बनावटी’ भन्दै नाभाल्नीले विदेशी गुप्तचर निकायहरूलाई सघाएको आरोप एफएसबीको रहेको छ । राष्ट्रपति पुटिनको कटु आलोचक मानिने ४४ बर्षीय प्रतिपक्षी नेता नाभाल्नी अगस्टमा साइबेरियाबाट मस्कोको लागि उडानमा रहेका समय गम्भीर विरामी भएपछि उनी रहेको विमानलाई मस्को नलगी नजिकको सहर ओम्सक आकस्मिक गराइएको थियो । उनको उपचार त्यहाँ सम्भव नभएपछि एअर एम्बुलेन्समा जर्मनीको बर्लिन लगी उपचार गरिएको थियो ।

उक्त घटनाको छानवीनमा ईयू मुलुकहरूले रूसलाई नसघाएको दावीलाई रूसी विदेश मन्त्रालयले यो हप्ताको सुरुमा पनि पहिलेजस्तै दोहोराएको थियो । मस्कोले आफ्ना सुरक्षा निकायले यस घटनामा भूमिका खेलेको आरोपलाई बारम्बार अस्वीकार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायली आक्रमणमा मृत्यु भएकी महिलाको गर्भबाट निकालियो जिवितै शिशु, राखियो आमाकै नाम ‘सबरीन’

बच्चा जन्मिनुअघि नै सबरीनको मृत्यु भयो । ती प्यालेस्टिनी युवती साढे सात महिनाकी

युक्रेनले युद्धका लागि सैन्य सेवा उमेरका नागरिकलाई स्वदेश फिर्ता बोलाउने

सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश फर्कन प्रोत्साहित गर्ने नयाँ उपायहरू

बाइडेनको अभियान फ्लोरिडामा, गर्भपतन अधिकार अभियानको प्रमुख बिषय

गर्भपतन अधिकारका लागि गरेको प्रयास रुढिवादी झुकाव भएको फ्लोरिडा राज्यमा प्रतिध्वनित हुने आशामा

म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा