ईयूका सदस्य राष्ट्रका लागि पहिलो खोप अनुमोदन



युरोपेली सङ्घ (ईयू) को औषधिसम्बन्धी नियामक निकायले सो समूहमा आबद्ध २७ राष्ट्रमा फाइजर(बायोएनटेकले बनाएको कोरोनाभाइरस विरुद्धको खोप प्रयोग गर्न सिफारिस गरेको छ ।

युरोपियन मेडिसिन्स एजेन्सी (ईएमए) ले संयुक्त राज्य अमेरिका र ब्रिटेनमा प्रयोगमा आइसकेको फाइजर(बायोएनटेकद्वारा निर्मित खोप ईयूका ४४ करोड ६० लाख बासिन्दामा प्रयोग गर्न सिफारिस गरेको हो । त्यसको केही घण्टापछि युरोपेली आयोगले त्यसलाई औपचारिक रूपमा अनुमोदन गरेको छ । ईयूका केही सदस्य राष्ट्रहरूमा आगामी आइतवारदेखि फाइजर(बायोएनटेकले बनाएको खोप वितरण गर्न थालिनेछ ।

ईयूका सदस्य राष्ट्रहरूमा कोभिड १९ सँग सम्बन्धित कारणले हालसम्म ३,११,००० व्यक्तिको मृत्यु भइसकेको छ । क्रिसमस र नयाँ वर्ष २०२१ को बिदाका बेला हुने मानिसहरूको जमघटलाई लिएर सङ्क्रमण थप फैलिन सक्ने त्रास बढेको छ । सङ्क्रमण थप फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै जर्मनी र द नेदरल्यान्ड्स जस्ता देशले आंशिक लकडाउन नै गरिसकेका छन् । वेलायतमा देखिएको कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर ईयूका सदस्य राष्ट्रहरूले ब्रिटेनबाट हुने यात्रामा प्रतिबन्ध लगाइरहेका छन् ।

नयाँ प्रकारको भाइरस पुरानोभन्दा झन् तीव्र गतिमा फैलिरहेको ब्रिटिश अधिकारीहरूले बताएका छन् । फाइजर बायोएनटेकले बनाएको खोप १६ वर्ष र सोभन्दा माथि उमेर भएका मानिसमा ९५ प्रतिशत प्रभावकारी देखिएको ईएमएले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने पाकिस्तानको घोषणा

बीबीसी । पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने

इरानका तीन प्रमुख आणविक केन्द्रमा अमेरिकी आक्रमण

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन प्रमुख आणविक साइटहरूमा अमेरिकी

अमेरिकाले दियो इरानलाई आणविक सम्झौताका लागि निर्णय लिन दुई साताको समय

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता गर्न दुई साताको

बेलारुसका विपक्षी नेता तिखानोभ्स्की जेलबाट रिहा

वार्सा । बेलारुसका एक शीर्ष विपक्षी नेता सर्गेई तिखानोभ्स्कीलाई माफी दिएपछि जेलबाट रिहा