विश्वमा ५ करोड ४५ लाख भन्दा बढी मानिस कोरोना संक्रमणमुक्त



विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ३ सय भन्दाबढी संक्रमितको मृत्यु भएको छ । योसँगै १७ लाख ८ हजार ८३७ संक्रमितको मृत्यु भएको वल्डोमिटरमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ५ लाख ३ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ४५ लाख ८८ हजार ९४९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ४६ हजार ५ सयभन्दा बढीमा संक्रमण भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या ७ करोड ७७ लाख १३ हजार ३६५ पुगेको छ ।

हाल विश्वभर २ करोड १४ लाख १५ हजार ५७९ जना सक्रिय संक्रमित छन् भने एक लाख ६ हजार भन्दाबढीको अवस्था गम्भीर रहेको छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड ८४ लाख ७३ हजार ७१३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ८ लाख २ हजार ४९६ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख २४ हजार नाघेको छ । त्यसैगरी, भारतमा सक्रमितको संख्या १ करोड ७५ हजार ४२२ पुगेको छ । संक्रमितमध्ये एक लाख ४६ हजार बढीको मृत्यु भइसकेको छ भने हालसम्म ९६ लाख ३५ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ७२ लाख ६४ हजार नाघेको छ भने १ लाख ८७ हजार ३२२ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ६२ लाख ८६ हजार भन्दा बढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्

दक्षिण अफ्रिकामा ४६ यात्रु सवार बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । जोहानेसबर्गबाट करिब