वाइडनले लगाए कोभिडविरुद्धको खोप



अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो वाइडेनले कोरोनाविरुद्धको पहिलो खोप लगाएका छन् । उनले खोप लगाएको दृष्य टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।

कोरोनाको महामारी संसारभर जारी रहेपनि खोपको प्रभावकारीबारे ढुक्क रहन अमेरिकी नागरिकलाई आग्रहसमेत गरेका थिए । राष्ट्रपति वाइडेनले हरेक अमेरिकी नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन अपीलसमेत गरेका छन् ।

उनले अमेरिकाले कोरोनाविरुद्धको खोप पत्ता लगाउनुको जस वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई जानेसमेत बताएका छन् । अमेरिकामा उच्च सरकारी अधिकारीहरूलाई कोरोना भाइरस विरुद्धको खोप दिने अभियान अघिल्लो हप्तादेखि चलाइएको हो ।

यसअघि उपराष्ट्रपति माइक पेन्स, सभामुख नान्सी पेलोसी, सिनेटमा बहुमत भएको दलका नेता मिच म्याककोनेल लगायतले गत शुक्रबार लगाइसकेका छन् । हालसम्म ५ लाख भन्दा बढी अमेरिकी नागरिकलाई खोप लगाइएको बताइएको छ ।

वाइइडेनले आफ्नो कार्यकालको एक सय दिनमा १० करोड भन्दा बढीलाई कोराना विरुद्धको भ्याक्सिन लगाउने यसअघि नै घोषणा गरिसकेका छन् । अमेरिकामा हालसम्म करिब १ करोड ८४ लाख मानिस कोरोना संक्रमित भएका छन् भने ३ लाख २६ हजार जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायलतर्फ प्रस्थान

  मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही सदस्य इजरायलतर्फ जान लागेका छन् ।  यो प्रयास दक्षिणी

सुडानको डार्फरमा जारी तनावप्रति संयुक्त राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त

  सुडानको उत्तरी डार्फर क्षेत्रमा जारी द्वन्द्वका बारेमा बढ्दो चिन्ताजनक रिपोर्टप्रति संयुक्त राष्ट्रसङ्घका

चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान