भारतद्वारा पनि डिसेम्बर ३१ सम्म बेलायती उडानहरू स्थगित



बेलायतमा कोरोनाभाइरसको नयाँ र बढी सङ्क्रामक समस्या उत्पन्न भएपछि भारतले बेलायतबाट भारतका लागि हुने सबै उडानहरूलाई अस्थायी रूपमा स्थिगित गर्ने निर्णय गरेको छ । बेलायतबाट हुने उडानलाई अस्थायी रूपमा रोक्ने केही यूरोपेली मुलुकहरूसहितले गरेको निर्णयसँग मेल खाने निर्णय भारतले पनि गरेको हो ।

“बेलायतकोे कोभिड–१९ सिर्जित विद्यमान अवस्थालाई ध्यानमा राख्दै भारत सरकारले बेलायतबाट भारत आउने सबै उडानहरूलाई यो वर्षको डिसेम्बर ३१ सम्म स्थगित गर्ने निर्णय गरेको छ,” उड्डयन मन्त्रालयले ट्वीटमा भनेको छ ।”

उडान स्थगितको यो निर्णय मङ्गलबार राति ११ः५९ बाट लागू हुने बताइएको छ । ‘प्रशस्त सावधानीको उपाय’ का लागि लिइएको यो निर्णय ट्रान्जिट उडानमा बेलायतबाट आउने यात्रीहरूका लागि भने पूर्णतया लागू हुने छैन अर्थात् आगमनमा आरटी–पीसीआर परीक्षणको रिपोर्ट भएमा उनीहरूलाई सम्बन्धित गन्तब्यमा जान रोक लगाइने छैन ।

बेलायतमा ठूलो सङ्ख्या भारतीय प्रवासीहरूको छ र त्यहाँ प्रति दिन धेरै उडानहरू हुने गर्छन् । लन्डन र नयाँ दिल्ली तथा लन्डन र मुम्बईबीचमा हुने उडानबाट दैनिक सयौं मानिसहरू बेलायत जाने र बेलायतबाट फर्किने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही

थाइल्याण्डमा यसवर्ष ‘लु’बाट ३० जनाको मृत्यु

  यस वर्ष ‘लु’बाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको

अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक