विश्वमा पाँच करोड ४० लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ६७ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ करोड ४० लाख ८५ हजार ८१९ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ७६ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७ करोड ७१ लाख ६६ हजार ७७३ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ हजार ४ सय भन्दा बढीको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १६ लाख ९९ हजार ४९७ जना पुगेको छ ।
हाल विश्वभर २ करोड १३ लाख भन्दाबढी सक्रिय संक्रमित छन् भने एक लाख ६ हजार भन्दाबढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड ८२ लाख ६७ हजार ५९७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ६ लाख भन्दाबढी संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख २४ हजार नाघेको छ ।
त्यसैगरी, भारतमा सक्रमितको संख्या १ करोड ५६ हजार २४८ पुगेको छ । संक्रमितमध्ये एक लाख ४५ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने हालसम्म ९६ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ७२ लाख ३८ हजार नाघेको छ भने १ लाख ८६ हजार ७७३ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ६२ लाख ४५ हजार भन्दा बढी निको भएका छन् ।

प्रतिक्रिया