अफगानिस्तानमा शक्तिशाली बम विस्फोट, १५ जनाको मृत्यु



अफगानिस्तानको पूर्वी प्रान्त गजनीस्थित गिलान जिल्लामा बम विस्फोटका कारण १५ बालबालिका मारिएका छन् । अरु २० जना घाइते छन् ।

प्रहरीले उक्त घटनाको आरोप तालिबानी सशस्त्र समूहलाई लगाएको छ । तालिबानीले भने यो घटना आफूहरुले गराएको नभएर दुर्घटनावश भएको हुनसक्ने जनाएको छ ।

यद्यपि कसरी विस्फोट भयो भन्ने यकिन भएको छैन । स्थानीय अधिकारीहरुका अनुसार कुरान बाचन भइरहेको एउटा घर नजिकै एकजना नवआगन्तुक व्यापारी पुगेपछि बालबालिकाहरु उनी निजकै झुम्मिएका थिए । सोही क्रममा विस्फोट भएको बताइएको छ ।

गजनी प्रान्तको गभर्नर कार्यालयका अनुसार विस्फोट हुनुअघि ती व्यापारीलाई बालबालिकाहरु जम्मा भएर केही सामान बेच्न खोजिरहेका थिए । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

अफगानिस्तानमा विद्रोही तालिबानी र सरकारबीच वार्ता भए पनि यो प्रक्रिया सम्पन्न भइसकेको छैन । २० वर्षदेखि युद्धरत समूहसँग यसअघि पनि चरणवद्ध वार्ता भएको छ । तर दुबै पक्षबाट सम्झौता पालना भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोनाभाइरसको भारतीय प्रकार विश्वव्यापी चिन्ताको विषय भएको विश्व स्वास्थ्य सङ्गठनको भनाइ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले भारतमा पाइएको कोरोनाभाइरसको प्रकारलाई विश्वव्यापी चिन्ताको भेरिअन्टको रूपमा वर्गीकरण

भारतमा कोभिड संक्रमित घट्दै

भारतमा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमित हुने व्यक्तिको संख्यामा केही कमी हुन थालेको छ

चीनको जनसंख्या केहीवर्ष एक अर्ब ४० करोडभन्दा बढी हुने

चीनको राष्ट्रिय तथ्यांक ब्युरोले चीनको जनसंख्या अझै केही वर्ष एक अर्ब ४० करोडभन्दा

भारतमा गङ्गा नदी किनारमा दर्जनौँ शव फेला

उत्तर भारतमा गङ्गा नदीको किनारमा कम्तीमा ४० वटा शव फेला परेका अधिकारीहरूले बताएका