विश्वमा ७ करोड ५९ लाख भन्दा बढी मानिसलाई कोरोना संक्रमण



विश्वमा कोरोना संक्रणबाट मृत्यु हुनेको संख्या १६ लाख ८० हजार नाघेको छ । वल्डोमिटरका अनुसार शनिबार बिहानसम्म कोरोना संक्रमणबाट विश्वमा १६ लाख ८० हजार ५८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै विश्वमा पाँच करोड ३२ लाखभन्दा बढी मानिस कोरोन संक्रमणमुक्त भएका छन् ।

हालसम्म विश्वमा ७ करोड ५९ लाख ७१ हजार ४ सय १२ जनामा कोरोना संक्रमण भएको छ । विश्वमा २ करोड १० लाख ५२ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र अमेरिकामा हालसम्म १ करोड ७८ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।

संक्रमितमध्ये १ करोड तीन लाख ७२ हजारभन्दा बढी निको भएका छन् भने तीन लाख २० हजार पाँच सय ७७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । भारतमा हालसम्म १ करोड ४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९५ लाख ४९ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार १ सय ७१ जना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनले युद्धका लागि सैन्य सेवा उमेरका नागरिकलाई स्वदेश फिर्ता बोलाउने

सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश फर्कन प्रोत्साहित गर्ने नयाँ उपायहरू

बाइडेनको अभियान फ्लोरिडामा, गर्भपतन अधिकार अभियानको प्रमुख बिषय

गर्भपतन अधिकारका लागि गरेको प्रयास रुढिवादी झुकाव भएको फ्लोरिडा राज्यमा प्रतिध्वनित हुने आशामा

म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको