चीनमा कोभिडविरुद्धको खोप सर्वसाधारणका लागि छिट्टै खुला गरिँदै



चीनले कोभिड–१९ विरुद्धको खोपलाई सर्वसाधारणको लागि आगामी केही हप्ताभित्र खुला गर्ने स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् । चिनियाँ राज्य सञ्चालित समाचार संस्थाका अनुसार चीनले दक्षिणपश्चिमी सिचुआन प्रान्तमा सर्वसाधारणको लागि कोभिड खोप कार्यक्रम आगामी बर्षको सुरूमा सञ्चालन गर्ने योजना बनाएका छन् ।

यद्यपि केन्द्र सरकारले यसबारे अझै आधिकारिक स्वीकृति दिइसकेको भने छैन । चीनमा खोपको ‘आपतकालिन प्रयोग’ को लागि स्वीकृत भइसकेपछि कम्तिमा १० लाख नागरिकलाई खोप दिन तयारी अवस्थामा राखिएको भएपनि सुरुमा उच्च जोखिममा रहेका चिकित्सक, सुरक्षाकर्मी, कर्मचारी तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका प्राथमिकता समूहहरूमा खोप सेवा सीमित राखिने छ ।

चीनले विकास गरेका विभिन्न पाँच कोरोनाभाइरसविरुद्धका खोपहरू परीक्षणको अन्तिम चरणमा रहेका छन् । अहिलेसम्म कुनै पनि खोप प्रयोगका लागि आधिकारिक स्वीकृति प्राप्त भएको छैन । खोपको अन्तिम चरणको परीक्षणको परिणाम प्रकाशित पनि अझै भइसकेको छैन ।

सिचुवानका प्रान्तीय स्वास्थ्य अधिकारीले सञ्चारमाध्यमसँगको कुराकानीमा सिचुवानमा चिनियाँ नयाँ वर्षको अवसरमा हुने लामो विदापछि फेब्रुअरीमा सर्वसाधारणको प्रयोगका लागि खुला गरिने सङ्केत गरे ।

बिहीबार अगावै करिब एक लाख १८ हजार मात्रा खोप सिचुवान आइपुगेको र सबै उच्च जोखिम समूहहरूलाई फेब्रुअरी ५ सम्ममा सबै उच्च जोखिममा रहेका समूहलाई खोप दिइसकिनेछ भने लगत्तै बाँकी जनसङ्ख्यामा खोप कार्यक्रम अघि बढाइने योजना रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । चीनमा कोरोनाभाइरस गत वर्षको अन्तमा पहिलोपल्ट पत्ता लागेको थियो ।

चीनमा ठूलो मात्रामा नियन्त्रणमा ल्याइएको छ यद्यपि यहाँ पटक पटक स्वदेशभित्रै सङ्क्रमितहरूको श्रृंखला देखिएको थियो । सिचुआनलाई हालैको हप्ताहरूमा पनि कोभिड–१९का साना समूहहरू देखा परेका थिए । शुक्रबार पनि सिचुवानमा एक व्यक्तिलाई कोभिड–१९ भाइरस सङ्क्रमण भएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज,

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यवहारिक

प्रतिस्पर्धाको अभावले अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट

निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको संसदीय एक अनुसन्धानले चेतावनी