भारतमा कोभिड १९ को खोप केही हप्तापछि आउँछः प्रधानमन्त्री मोदी



भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ भाइरसका विरुद्धको खोप केही हप्तापछि उपलब्ध हुने बताएका छन् । शुक्रबार नयाँ दिल्लीमा आयोजना भएको विपक्षी दलहरुसँगको बैठकका क्रममा मोदीले कोभिडविरुद्धको खोप केही हप्ताभित्र उपलब्ध हुने बताएका हुन् ।

प्रधानमन्त्री मोदीले भने,‘हामीलाई भारतीय वैज्ञानिकहरुले भन्नुभएको छ, हामीले आगामी केही हप्तामा नै यहाँ कोभिडका विरुद्धको खोपको शुरुवात गर्दैछौँ ।’

प्रधानमन्त्री मोदीले यसका भारतीय वैज्ञानिकले निकै मेहनत गरेका सो विपक्षी नेताहरुलाई जानकारी गराएका थिए । अबका केही हप्तामा भारतमा पनि कोरोना भाइरस विरुद्धको खोप दिन सकिनेगरी तयारी गरिएको भन्दै उनले भारतीय वैज्ञानिकहरुले सबैभन्दा पहिला यो खोप कसलाई दिने भनेर सरकारले गृहकार्य गरेको पनि बताए ।

यो खोप सबैभन्दा पहिला स्वास्थ्यकर्मीहरु, कोभिडको उपचारमा खटेका जनशक्ति, बृद्धबृद्धाहरु र यसका विरामीलाई लगाइने गरी तयारी गरिएको जानकारी पनि प्रधानमन्त्रीले दिए । प्रधानमन्त्री मोदीले भारतीय वैज्ञानिकहरु यो खोप निर्माण गर्ने क्रममा निकै लागेको र उनीहरु यस महान अभियानमा सफल हुने भनी निकै नै आत्मविश्वासका साथ काम गरेको बताए ।

यतिखेर आफूले यो खोप सस्तो मूल्यमा नै के कसरी भारतीय नागरिकलाई उपलब्ध गराउने भन्ने विषयमा भारतका हरेक राज्यका मुख्यमन्त्रीहरुसँग कुराकानी गरिरहेको पनि उनले बताए । भारतका विभिन्न राजनीतिक दलहरुको भर्चुअल बैठकमा सबैभन्दा पनि भारतको विपक्षी दल भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले भारतीय नागरिकले कहिलेदेखि कोभिडको खोप पाउँछन् भनेर प्रश्न गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक

रफाहमा हमासविरूद्धको कारबाहीलाई अघि बढाइरहेको इजरायलको दाबी

  इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित भएका करिब ५० बालबालिकालाई आदानप्रदान

बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका