बेलायतले मोर्डनाको खोप थप २० लाख डोज खरिद गर्ने



बेलायत सरकारले हालै कोरोना भाइरसविरुद्ध अमेरिकी कम्पनी मोर्डनाले निर्माण गरिरहेको खोप थप २० लाख डोज खरिद गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । यो सँगै बेलायतले मोर्डनासँग कुल ७० लाख डोज खोप खरिद गर्ने भएको छ । मोर्डनाले निर्माण गरेको खोप सन् २०२१ को शुरुवातमै युरोपेली देशहरुमा उपलब्ध हुने अनुमान छ ।

मोर्डनाले निर्माण गरिरहेको कोरोना विरुद्धको खोप परीक्षणका क्रममा ९५ प्रतिशत प्रभावकारी देखिएको छ । मोर्डनासँग खरिद गर्ने खोपले बेलायतका झण्डै ३५ लाख मानिसलाई खोप लगाउन पुग्नेछ । बेलायतले विभिन्न ७ वटा कोरोना खोप उत्पादकसँग ३५ करोड ७० लाख डोज खोप खरिद गर्ने सम्झौता गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही