इथियोपियाली शरणार्थीलाई सहयोग गर्न सुडानलाई १५ करोड डलर आवश्यक



इथियोपियाको द्वन्द्वग्रस्त टाइग्रेबाट सुडान आएका शरणार्थीको व्यवस्थापनका लागि १५ करोड अमेरिकी डलर आवश्यक परेको राष्ट्र संघका शरणार्थी मामिला प्रमुख फिलिपो ग्रान्डीले शनिबार बताएका छन् ।

इथियोपियाको संघीय बल तथा यस क्षेत्रको सत्तासिन दलबीच नोभेम्बर ४ देखि सुरु भएको द्वन्द्वका कारण तीन हप्तामा कम्तीमा ४३ हजार शरणार्थी सुडान पुगेका छन् । इथियोपियाको अति गरिब क्षेत्र टाइग्रेमा लगातार भिडन्त भइरहेका र झडपका कारण हजारौँ इथियोपियाली नागरिक सुडान प्रवेश गरेका हुन् ।

राष्ट्र संघका शरणार्थी मामिला उच्च आयुक्त ग्रान्डीेले इथियोपिया–सुडान सीमा क्षेत्रबाट कम्तीमा ८० किलोमिटर टाढा रहेको शिविरमा शरणार्थीको भीड लाग्दा उनीहरूलाई खाद्यान्न र कपडालगायतका अतिआवश्यक सामग्रीको व्यवस्थापनका लागि उक्त रकम आवश्यक परेको हो । उक्त शिविरतर्फ अहिले पनि पाँचदेखि ६ सयको सङ्ख्यामा शरणार्थी अघि बढिरहेको ग्रान्डीले बताए ।

सुडानका शक्तिशाली शासक ओमार अल बसीरलाई सन् २०१९ मा सत्ताच्युत गरिएपछि सुडानले अहिले सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ