भारतको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु



भारतको गुजरातस्थित एक अस्पतालमा शुक्रबार आगलागी हुँदा कम्तीमा पाँच कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु भएको अधिकारीले बताएका छन् । गुजरात राज्यको राजधानी गान्धीनगरबाट करिब २३७ किलोमिटर पश्चिममा रहेको राजकोट जिल्लास्थित शिवानन्द अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा आगलागी भएको हो ।

घटनामा अन्य छ जना जलेर घाइते भएकोमा एकको अवस्था गम्भीर रहेको छ । अस्पतालमा उपचाररत २२ जना विरामीलाई सुरक्षित अन्य अस्पतालमा लगिएको छ । आगलागीको कारण समाचार तयार गर्दासम्म पत्ता लागिनसकेको बताइएको छ ।

यद्यपि अस्पतालको उक्त कक्षमा विद्युत चुहावट हुँदा आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि अनुमान गरिएको छ । आगलागीको कारण पत्ता लगाउन अनुसन्धान समिति बनाई जिम्मेवारी तोकिसकिएको अधिकारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्

दक्षिण अफ्रिकामा ४६ यात्रु सवार बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । जोहानेसबर्गबाट करिब