भेनेजुएलाको सर्वोच्च अदालतद्वारा छ पूर्व अमेरिकी नागरिकलाई भ्रष्टाचारको आरोपमा जेल सजाय



भेनेजुएलाको सर्वोच्च अदालतले छ जना पूर्व अमेरिकी नागरिकलाई भ्रष्टाचारको आरोपमा कैँदको फैसला सुनाएको छ । भेनेजुएलाको सर्वाेच्च अदालतले बिहीबार सो सजाय सुनाएको अधिकारीले जनाएका छन् ।

उनीहरु अमेरिकी तेल प्रशोधन कम्पनीमा संलग्न रहेका थिए । उक्त कम्पनीमा उनीहरुले ठूलो घोटाला गरेको भनेर सन् २०१७ को नोभेम्बर महिनामा पक्राउ गरिएको थियो । पक्राउ गरेर मुद्धा चलाइएकोमा बिहीबार उनीहरुलाई भ्रष्टाचार गरेको प्रमाणित भएर जेल सजाय सुनाइएको थियो ।

ती मध्ये पाँच जनालाई भ्रष्टाचारको आरोपमा १० वर्ष ८ महिना र अर्का एकजनालाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनीहरु सन् २०१७ को नोभेम्बार महिनादेखि नै भेनेजुएलाको जेलमा रहेका छन् । अमेरिकी संलग्नताको सिट्गो नामक तेल कम्पनी भेनेजुएलाको सरकारी कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्

दक्षिण अफ्रिकामा ४६ यात्रु सवार बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । जोहानेसबर्गबाट करिब