विश्वमा एक लाख ५ हजार भन्दाबढी कोरोना संक्रमितको अवस्था गम्भीर



पछिल्लो समय कोरोना भाइरस संक्रमणको दर बढेसँगै विश्वमा सक्रिय संक्रमितको संख्या पनि बढ्दै गएको छ । हाल विश्वभर १ करोड ७४ लाख ७४ हजार ९२२ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको वल्डोमिटरमा उल्लेख छ । तीमध्ये १ लाख ५ हजार भन्दाबढीको अवस्था गम्भीर रहेको छ ।

कतिपय देशहरुमा दोस्रो लहरको संक्रमण तीव्र हुँदा कोरोना संक्रमणबाट हुने मृत्युदर पनि पछिल्ला केही दिन यता बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा १० हजार ९ सय भन्दाबढीको मृत्यु भएको छ । हालसम्म विश्वमा १४ लाख ३७ हजार ८३५ जनाको मृत्यु भएको छ । युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार २७६ जनाको मृत्यु भएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा ५ लाख ४० हजार ८ सय भन्दाबढीमा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड १३ लाख ८ हजार ११६ पुगेको छ । संक्रमितमध्ये ४ करोड २३ लाख ९५ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

यस्तै, अमेरिकामा संक्रमितको संख्या १ करोड ३२ लाख ४८ हजार ६७६ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ६९ हजार ५५५ पुगेको छ भने अहिलेसम्म ७८ लाख ४६ हजार ८७२ जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी, भारतमा हालसम्म ९३ लाख ९ हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख ३५ हजार ७ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ८७ लाख १७ हजार बढी निको भइसकेका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६२ लाख ४ हजार नाघेको छ भने १ लाख ७१ हजार ४९७ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५५ लाख २८ हजार भन्दा बढी निको भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड

इन्डिगोले एयरबससँग ३० वटा जेट विमान खरिद गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न

युद्धविरामको लागि बन्धक रिहा गर्न हमाससँग १८ देशको आग्रह

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका

तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका