दुबई–तेल अभिभ उडान शुरु



युनाइटेड अरब इमिरेट्स (युएई) को बजेट एयरलाइन्स फ्लाई दुबईले इजरायलको तेल अभिभ उडान शुरु गरेको छ । युएई र इजरायलबीच सम्बन्ध सामान्यीकरण गर्ने सम्बन्धी सम्झौता भएपछि निजी क्षेत्रबाट उडान प्रारम्भ भएको हो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका प्रवक्ताले विमान सेवा प्रारम्भ हुन लागेको जानकारी दिएका छन् । यो उडान करिब ४ घण्टाको हुनेछ ।

प्रधानमन्त्रीका प्रवक्ता ओफर गेन्डिलम्यानले ट्वीट गर्दै प्रधानमन्त्री नेतन्याहूले फ्लाइ दुबईका पहिलो उडानका यात्रुलाई बेन–गुरिओन अन्तर्राष्ट्रिय बिमानस्थलमा स्वागत गर्ने जानकारी दिएका छन् ।

युनाइटेड अरब इमिरेट्सले गत सेप्टेम्बरमा इजरायलसँग सम्बन्ध सामान्यीकरण गर्ने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेको थियो ।

अमेरिकी अग्रसरतामा भएको यस्तो सम्झौता गर्ने खाडी क्षेत्रका मुलुकहरुमध्ये युएई तेस्रो हो । यसअघि सन् १९७९ मा इजिप्ट र सन् १९९४ मा जोर्डनले इजरायलसँग कुटनीतिक सम्बन्ध कायम गरेका थिए ।

फ्लाइ दुबईले दिनमा दुई वटा उडान भर्नेछ । इजरायली विमानसेवा कम्पनीहरु एल अल र इसरायर दुबैले अर्को महिनादेखि व्यापारिक व्यावसायिक उडान शुरु गर्ने अपेक्षा गरिएको छ ।

युएईको राजधानी अबु धाबीमा मुख्यालय रहेको एतिहाद एयरवेजले भने आगामी सन् २०२१ को मार्चदेखि तेल अभिभको सिधा उडान गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही