सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा नौ तालिबान लडाकूको मृत्यु



अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको ओबे जिल्लामा अफगान सुरक्षाबलले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा नौ तालिाबान लडाकू मारिएका छन् ।

ओबे जिल्लामा रहेको एक प्रहरी चौकीमा बुधबार अपराह्न तालिबान लडाकू समूहले गरेको भीषण आक्रमणपछि सुरक्षाबलले गरेको कारबाहीमा परी तालिबान समूहका नौ लडाकू मारिएका सेनाले जनाएको छ ।

कारबाहीको क्रममा सुरक्षाबलले युद्धकविमान समेत प्रयोग गरेको जनाइएको छ । कारबहीको क्रममा अन्य आठ लडाकू घाइते भएका जनाइएको छ । यस कारबाहीको क्रममा सुरक्षाबलतर्फ भने.कुृनै हताहती नभएको र यस क्षेत्रमा तालिबान विरुद्धको कारबाही भने जारी रहेको बताइएको छ ।

अफगानिस्तानको राजधानी काबुलबाट ६४० किलोमिटर पश्चिममा रहेको हेरात प्रान्तको प्रन्तीय शहर हेरात शहरमा सक्रिय रहेका तालिबान लडाकू समूहले यस कारबाहीकाके विषयमा कुनै टिप्पणी गरेको छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जो बाइडनले अमेरिका यात्रा प्रतिबन्ध जारी राख्ने

राष्ट्रपति डोनल्ड ट्रम्पले वेलायत, अधिकांश युरोपेली देश र ब्रजिलबाट हुने यात्रामा लगाइएको प्रतिबन्ध

भारतको गुजरातमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ जनाको मृत्यु

भारतको गुजरातमा फुटपाथमा सुतेका आप्रवासी कामदारलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ

विश्वमा ६ करोड ८६ लाख भन्दाबढी मानिस कोरोना संक्रमणमुक्त

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ६० लाख नाघेको छ । पछिल्लो २४

धनी देशहरूलाई खोपको लाइन नमिच्न डब्लुएचओको आग्रह

विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले देशहरूलाई आफ्ना निम्ति कोभिड १९ खोपको जोहो गर्नका लागि