अमेरिकी जलसेनाको जहाज ध्वस्त पारिदिने रुसको चेतावनी



जापान सागरस्थित रुसी जलक्षेत्रमा प्रवेश गरेको अमेरिकी जलसेनाको एउटा विध्वंसक जहाजलाई आफ्नो युद्धपोतले मङ्गलवार लखेटेको दाबी रुसले गरेको छ । आफ्नो जलक्षेत्रमा छिर्ने ’यूसएसएस जोन एस मक्केन’ नामक उक्त जहाजलाई ध्वस्त पारिदिने चेतावनी दिइएको उसले जनाएको छ । उसका अनुसार उक्त जहाज पिटर द ग्रेट गल्फको जलक्षेत्रमा दुई किलोमिटर भित्र आएको थियो ।

तर अमेरिकी जलसेनाले रुसी आरोपको खण्डन गर्दै आफ्नो पक्षबाट कुनै गल्ती नभएको बताएको छ । उसका अनुसार अमेरिकी जहाज कहीँबाट पनि निष्काशित भएको छैन । जापान सागरको सीमामा जापान, रुस र दुई कोरिया छन् । रुसको रक्षा मन्त्रालयका अनुसार उसको प्रशान्त क्षेत्रमा खटिएको विध्वंशक जहाज एड्मिरल भिनोग्रादोभले अमेरिकी जहाजलाई चेतावनी दिएको थियो ।

चेतावनीमा “घुसपैठ गर्ने जहाजलाई बाहिर निकाल्न शक्तिको प्रयोग गर्न सकिने भनेको बताइएको छ । तर रुसको भनाइ मिथ्या भएको अमेरिकी जनसेनाको सेभन्थ फ्लीटका प्रवक्ताले बताएका छन् । समुद्रमा यस्तो घटना हतपत हुँदैन।

यद्यपि गत वर्ष पूर्वी चीन सागरमा एड्मिरल भिनोग्रादोभ एउटा अमेरिकी क्रुजरसँग झन्डै ठोकिएको थियो । त्यस घटनाका लागि रुस र अमेरिका दुवैले एकअर्कालाई दोषारोपण गरेका थिए । रुस र अमेरिकाबीच अहिले सुमधर सम्बन्ध छैन । भ्लादिमिर पुटिनले अझै पनि जो बाइडनलाई अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएका छैनन् ।

आगामी फेब्रुअरी महिनामा म्याद सकिन लागेको परमाणुअस्त्रसम्बन्धी एउटा सहमतिबारे दुई देशले नयाँ निर्णय गर्न अझ बाँकी नै छ । सन् २०१० मा “न्यू स्टार्ट ट्री“मा हस्ताक्षर गर्दा दुवै देश लामो दूरीसम्म प्रहार गर्न सकिने परमाणुअस्त्रको सङ्ख्या घटाउन सहमत भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका

दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु