साउदी अरबमा शल्यक्रिया गर्न लागेका चिकित्सकको मृत्यु



साउदी अरबस्थित एउटा सरकारी अस्पतालमा बिरामीको शल्यक्रिया गर्न लागेका एक चिकित्सकको मृत्यु भएको छ । साउदी सञ्चारमाध्यमहरूले जनाएअनुसार हाडजोर्नीसम्बन्धी शल्यक्रिया गर्न गएका बेला ती चिकित्सक आफैँ अस्वस्थ भएका थिए । अल वतन दैनिक वेवसाइटले खामिस मुशैट सिभिल हस्पिटलमा डा. महदी अल इमारीलाई हृदयाघात भएको उल्लेख गरेको छ ।

शल्यकक्षमा असहज भएको देखेपछि सहकर्मीहरूले ती चिकित्सकको मुटु जाँच्न लगाएका थिए । इलेक्ट्रोकार्डियोग्राम गरिएपछि उनले बिरामीको शल्यक्रिया गरे कि गरेनन् भन्ने स्पष्ट भएको छैन ।

अस्पतालका अर्थोपेडिक विभागका प्रमुख डा. मजिद अल शहरीलाई उद्धृत गर्दै अल वतनले लेखेको छ, ‘एक बिरामीको शल्यक्रिया गर्न उपस्थित भएका इमरीलाई हामीले थकित भएको र पेटको पीडाले सताएको सङ्केत देख्यौँ।’

इमरीले सुरुमा आफ्नो परीक्षण गर्न अस्वीकार गरेको र बिरामीको शल्यक्रिया गर्ने कुरामा जोड दिएको कुरा विभाग प्रमुख शहरीले बताएका छन् । अन्ततः उनलाई इलेक्ट्रोकार्डियोग्राम गर्न मनाइयो । त्यसमा उनलाई हृदयाघात भएको देखिएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत