कोरोना संक्रमणबाट युरोपमा एकैदिन करिव चार हजारको मृत्यु



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप ७ हजार ८२४ जनाको मृत्यु भएसगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ लाख १ हजार ८७७ पुगेको छ ।

युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ३ हजार ८३३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ८४ हजार भन्दा बढी संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ५ करोड ९५ लाख १३ हजार १६७ पुगेको छ । संक्रमितमध्ये ४ करोड ११ लाख ५३ हजार ९ सय जना संक्रमणमुक्त भएका छन् ।

कुल संक्रमितमध्ये एक करोड ६९ लाख ५७ हजार बढी उपचाररत छन् भने १ लाख ३ हजार ६ सय भन्दा बढीको अवस्था गम्भीर रहेको छ । यस्तै एसियाली मुलुकमा २ लाख ७९ हजार ८३६ जनाको मृत्यु भएको छ ।

यस्तै, अमेरिकामा संक्रमितको संख्या १ करोड २७ लाख ७७ हजार १७४ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ६३ हजार ६८७ पुगेको छ भने अहिलेसम्म ७५ लाख ४८ हजार ९४० जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी, भारतमा हालसम्म ९१ लाख ७७ हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख ३४ हजार २ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ८६ लाख ३ हजार बढी निको भइसकेका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६० लाख ८८ हजार नाघेको छ भने १ लाख ६९ हजार ५४१ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५४ लाख ४५ हजार भन्दा बढी निको भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ठगी आरोपमा क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय

क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान–फ्राइडलाई अमेरिकी

भारतको जम्मु-श्रीनगरमा ट्याक्सी दुर्घटनामा १० जनाको मृत्यु

भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार ट्याक्सी खस्दा दश

चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका