अमेरिकी राष्ट्रपति ट्रम्पमा जेठा छोरालाई कोरोना संक्रमण



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । उनका व्यक्तिगत प्रवक्ताले जेष्ठ पुत्र डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना सङ्क्रमण भएको पुष्टि गरेका हुन् । कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उनले स्वास्थ्यकर्मीहरुको सिफारिस अनुसारका सवै मापदण्ड तथा नियमहरुको पालना गरेका प्रवक्ताले जानकारी दिएका छन् ।

सङ्क्रमित पुष्टि भएसँगै उनी क्यारेन्टाइनमै रहेका छन् । यसअघि राष्ट्रपति ट्रम्प पनि निर्वाचनको पुर्वसन्ध्यामा कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए ।

त्यसैगरी ट्रम्पपत्नी तथा प्रथम महिला मेलानिया ट्रम्प, सानो छोरो बोर्न, मुख्य कर्मचारी मार्क मेडोस र अरु केही सदस्यहरु समेत केही समय अगाडि कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए । अहिले ट्रम्प जुनियरकी प्रेमिका किमबेर्ली गुइल्फोयले पनि सङ्क्रमित भएकी छन् ।

ट्रम्प जुनियर हालै २५० भन्दा बढी अतिथिहरु सहभागी भएको भोजमा सहभागी भएका थिए । राष्ट्रपति कार्यालय ह्वाईट हाउसमै आयोजना गरिएको रात्री भोजमा सहभागी लगभग सवैले मास्क लगाएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तराखण्डमा सरीसृपलाई दुर्घटनाबाट जोगाउन आकाशे पुल निर्माण

भारतका वन अधिकारीहरूले घ्रसेर हिँड्ने सरीसृप र अन्य साना वन्यजन्तुलाई उत्तराखण्डको एउटा व्यस्त

अमेरिकामा कोरोनाभाइरसविरुद्धको खोप लिन अनिवार्य नगरिने

अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडनले कोभिड १९ विरुद्धको खोप उपलब्ध भएको अवस्थामा नागरिकहरूलाई

कोइलाखानीमा विषालु ग्यास चुहिँदा चीनमा कम्तीमा १८ मजदुरको मृत्यु

दक्षिणपश्चिम चीनस्थित एउटा कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जनाको मृत्यु भएको छ ।

आगामी मंगलबार किसान संगठनद्वारा भारत बन्दको घोषणा, कृषि कानुन खारेजीको माग

भारतमा केन्द्र सरकारले हालै ल्याएका तीन कृषि कानून खारेजीको माग गर्दै प्रदर्शन गरिरहेका