जि-२० का नेताहरुलाई एकताबद्ध हुन राष्ट्रसंघका महासचिवद्वारा आग्रह



संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले विश्वका जी २० का नेताहरुलाई एकताबद्ध भएर काम गर्न आग्रह गरेका छन् । उनले विश्वमा हाल देखा परिरहेका विभिन्न खालका समस्याहरुको समाधानका लागि एकताबद्ध हुन र आपसी सहयोगका साथ अघि बढ्न आग्रह गरेका हुन् । जी २० को यसै हप्ताको अन्त्यमा अनलाइन बैठक हुन लागेको छ ।

बैठक अघि उनले विश्वका नेताहरुलाई यस्तो आग्रह गरेका हुन् । विश्वमा अहिले विशेष गरेर कोभिड १९ को संक्रमण देखा परिरहेको छ र यस्तो अवस्थामा विश्वमा आर्थिक मन्दीको अवस्था पनि देखिएको छ भन्दै उनले यस्ता र अरु पनि समस्याहरु रहेको बताए ।

त्यसैले यी समस्याहरुको समाधान गर्नका लागि विश्वका नेताहरुले एक भएर काम गर्नुपर्ने उनको भनाई थियो । उनले कोभिड १९ समस्याले निरन्तर रुपमा कैयौँ देशलाई समस्यामा पारिरहेकोले यस महामारीबाट बाहिर निस्किन र आर्थिक र अरु पनि समस्याको समाधान गर्न जी २० को नेताहरु पनि लाग्नुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही