इन्डोनेशियामा प्लास्टिकका बोतलमा खाँदेर दुर्लभ सुगा तस्करी



इन्डोनेशियाको पूर्वी क्षेत्र पपुवामा रोकिएको एउटा पानीजहाजमा तस्करी गर्न प्लास्टिकका बोतलमा खाँदिएका दुर्लभ प्रजातिका दर्जनौँ सुगा फेला परेका छन् । प्रहरीका अनुसार एउटा ठूलो बाकसबाट आवाज आएपछि चालकदलले हेर्दा उक्त जहाजमा ६४ वटा जीवित र १० वटा मृत सुगा भेटिएका थिए। इन्डोनेशियामा विभिन्न दुर्लभ प्रजातिका पंक्षीहरू पाइन्छ ।

तर तस्करहरूले त्यहाँबाट ती पंक्षीहरूको अवैध व्यापार गर्ने गरेका छन् । ती चराहरू त्यहाँका ठूला बजारमा लगेर बेचिन्छ वा विदेशतिर पठाइन्छ । बन्दरगाह सहर फाक्फाकमा फेला परेका सुगाहरू कता लगिँदै थियो भन्ने थाहा नभएको स्थानीय प्रहरीका प्रवक्ता दोदिन जुनाइदीले बताएका छन् । शुक्रवार साँझसम्म तस्करीमा संलग्न कोही पनि पक्राउ परेका छैनन् ।

फेला परेका चराहरू न्यूगिनी र दक्षिणपश्चिम प्रशान्त महासागरका द्वीपका रैथाने सुगा भएको बताइएको छ सुगा इन्डोनेशियामा संरक्षित प्रजातिको सूचीमा भएको तर घरमा पाल्न अवैध रूपमा ओसारपसार हुने गरेको वन्यजन्तु व्यापारको निगरानी गर्ने संस्था ट्राफिककी एलिजाबेथ जोनले जानकारी दिइन् । प्लास्टिकका बोतलमा बन्द गरिएका चरा फेला परेको यो पहिलो पटक भने होइन ।

सन् २०१५ मा इन्डोनेशियाली प्रहरीले अतिसङ्कटापन्न प्रजातिको पहेँलो सिउर भएका २१ वटा काकातुवा तस्करी गर्न लागेका एक व्यक्तिलाई समातेको थियो । सन् २०१७ मा वन्यजन्तु तस्करी नियन्त्रण गर्न छापा मार्ने क्रममा अधिकारीहरूले १२५ वटा दुर्लभ पक्षी ढलको पाइपभित्र फेला पारेका थिए। त्यस बेला केही मानिसहरू पक्राउ परेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही

थाइल्याण्डमा यसवर्ष ‘लु’बाट ३० जनाको मृत्यु

  यस वर्ष ‘लु’बाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको

अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक