ट्रम्पले विश्वलाई डरलाग्दो सन्देश प्रवाह गरिरहेका बाइडेनको भनाई



अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनले डोनल्ड ट्रम्पद्वारा चुनाव हारेको स्वीकार नगर्नुलाई निन्दा गर्दै यसले एउटा देशका रूपमा एकदमै भयानक सन्देश प्रवाह गरेको बताएका छन् । उनले ट्रम्पलाई अमेरिकी इतिहासकै सबैभन्दा गैरजिम्मेवार राष्ट्रपति भएको आरोप लगाए । बाइडनले महामारीका बेला एकजुट हुन अमेरिकीहरूलाई आह्वान पनि गरेका छन् ।

बाइडनले ट्रम्पलाई आफू चुनाव जित्दिन भन्ने थाहा भएको र उनले आश्चर्यजनक रुपमा गैरजिम्मेवारी देखाएको बताएका छन् । कोरोनाभाइरस सङ्कटबारे डेमोक्रेट र रिपब्लिकन दुवै पार्टीका गभर्नरहरूसँग भएको एउटा भर्चुअल बैठकपछि बोल्दै बाइडनले यस्तो बताएका हुन् । ट्रम्पले अहिलेसम्म हार स्वीकारेका छैनन् र विभिन्न राज्यमा मतपरिणामविरुद्ध मुद्दा हालेका छन् ।

उनले आफ्नो रणनीति परिवर्तन गर्न अहिले ह्वाइट हाउसमा राज्यका विधायकहरूलाई पनि बोलाएका छन् । मिसिगनका रिपब्लिकन विधायकहरूलाई शुक्रवार उनलाई भेट्न भनिएको छ ।

तर उनले अपनाएका हरेक प्रयासले नतिजा आफ्नो पक्षमा ल्याउन असफल भएका छन् । बाइडनले ट्रम्पको भन्दा बढी लोकप्रिय मत पाएका छन् भने अमेरिकी इलेक्टरल कलेज प्रणालीमा उनले ३०६ देखि २३२ इलेक्टरल कलेजमा जित्ने सङ्केत देखिएको छ ।

हरेक राज्यले आगामी केही साताभित्र सबै मतलाई प्रमाणिकरण गरिसक्ने ठानिएको छ । तर राज्य अनुसार समयतालिका फरकफरक छ । मत प्रमाणित आइसकेपछि ट्रम्पले त्यसलाई उल्ट्याउने सम्भावना कम हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने

फ्रान्कफुर्ट । जर्मनीको अर्थतन्त्र सन् २०२५ मा ०.२ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको

बर्ड फ्लुका कारण बाघिनीको मृत्युपछि उत्तर प्रदेशका सबै चिडियाखाना, सफारी पार्क अस्थायी रूपमा बन्द

इटावा, उत्तर प्रदेश । गोरखपुरको ‘शहीद अशफाक उल्लाह खान चिडियाखाना’ मा एभियन इन्फ्लुएन्जा

कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार

वासिङ्टन । कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति

दक्षिण कोरियामा रोजगारी वृद्धि

सियोल । दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि भएको छ ।