राष्ट्रपतिका उम्मेदवार पक्राउपछि युगान्डामा हिंसात्मक प्रदर्शन



युगान्डाका राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेपछि युगान्डाको राजधानी कम्पालामा हिंसा भड्किएको छ । बिहीबार भएको हिंसात्मक प्रदर्शनमा परेर सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय समयानुसार सोमबारसाँझबाट यहाँ शुरु भएको प्रदर्शनका क्रममा सात जनाको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका प्रहरी प्रवक्ता फ्रेड एनानगाले मंगलबार एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

प्रदर्शनको क्रममा कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले निर्माण गरेका नियमहरु उल्लंघन गरेको आरोपमा प्रहरीले ती प्रदर्शनकारीलाई पक्राउ गरेको छ । तर पनि सोमबारदेखि नै उनका समर्थकहरुले प्रहरीलाई नै आक्रमण गरिरहेका बताएको थियो । यस क्रममा प्रहरीले रोबर्ट कयागुलानी नाम गरेका गायकलाई बिहीबार प्रहरी हिरासतमा पनि लिएको छ ।

त्यसपछि बिहीबार प्रदर्शन थप हिंसात्मक भएको छ । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको क्रममा घाइते भएका ३० भन्दा बढी घाइतेलाई अस्पताल भर्ना गरिएको रेडक्रसले जानकारी दिएको छ ।
युगान्डामा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा बोबी वाइन पनि एक उम्मेदवार हुन् । उनी यहाँको विपक्षी राजनीतिक दलको नेता पनि हुन् ।

युगान्डाका प्रसिद्ध पप गायक उनी पछि राजनीतिमा आएका हुन् । उनी हालका युगान्डा राष्ट्रपति युओरी मुसेभेनीका प्रमुख प्रतिद्धन्द्धी हुन् ।विरोध प्रदर्शन गएको सोमबारदेखि नै भएको थियो तर आज बढी हिंसात्मक भएको यहाँको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यस प्रदर्शनका क्रममा बिहीबार बोबी वाइनका समर्थकहरुले कम्पालाका सडकहरुमा आगो बालेर, यहाँका कतिपय भौतिक संरचनामा आगजनी गरेर र सडक अवरुद्ध गरेर विरोध गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु

ढाका। बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा १४ जनाको मृत्यु

इन्डोनेसियामा म्याद गुज्रिएका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु

जकार्ता  । इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गरुत जिल्लाको सगारा गाउँमा सोमबार बिहान म्याद

कुर्दिस लडाकू पिकेकेको विघटन, सशस्त्र सङ्घर्ष अन्त्यको घोषणा

इस्तानबुल । कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) ले सोमबार आफ्नो विघटनको घोषणा गर्दै टर्की

पाकिस्तानसँगको युद्धविरामपछि भारतका सबै विमानस्थल पुनः खुला

नयाँदिल्ली । सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँको अन्त्य भएको सप्ताहान्तको