इराकमा नोभेम्बरको अन्त्यदेखि नयाँ शैक्षिक सत्र शुरु गरिने



इराकमा यही नोभेम्बर महिनाको अन्त्यदेखि नयाँ शैक्षिक सत्र शुरु गरिने भएको छ । सरकारी अधिकारीहरुले नोभेम्बर २९ देखि नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णय शनिबार गरेको जनाइएको छ । अधिकारीहरुका अनुसार इराकी प्रधानमन्त्री मुस्तफा अल काधिमीको उपस्थितिमा बसेको स्वास्थ्य तथा सुरक्षासम्वन्धी उच्चस्तरीय आयोगको बैठकले शैक्षिक सत्र शुरु गर्ने निर्णय गरेको हो ।

आयोगको बैठकमा भएको सहमतिअनुसार शिक्षा मन्त्रालयले आवश्यक प्रवन्ध गर्ने जानकारी दिइएको छ । यसअघि उप–शिक्षा मन्त्री फलाह अल क्विसीले गत अक्टोबर २७ का दिन प्रेस वक्तव्य जारी गर्दै शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका थिए ।

शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा भने स्वास्थ्य सतर्कतासम्वन्धी आधारभूत मापदण्डको भने पालना गरिने उनले स्पष्ट पारे । उनले यसअघि लागु हुँदै आएको पाठ्यक्रममा संशोधन गरी नयाँ अवस्था अनुसारको नयाँ पाठ्यक्रम बनाउने कार्य भइरहेको पनि जानकारी दिएका छन् ।

त्यसैगरी अध्ययन अध्यापन कार्य विद्युतीय माध्यम तथा शैक्षिक टेलिभिजन च्यानल मार्फत् गर्ने बारेमा पनि सोँचविचार भइरहेको उनको भनाइ छ ।

अधिकारीहरुले शैक्षिक क्रियाकलाप सुचारु गराउने निर्णय गरिरहँदा पछिल्लो एक दिनमा इराकमा दुई हजार ८८० जना सङ्क्रमित भएका छन् । योसँगै इराकमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या चार लाख ९६ हजार १९ पुगेको इराकी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायतमा शरण खोज्ने आप्रबासीको सङ्ख्यामा वृद्धि

लण्डन । बेलायतमा हालैका वर्षहरूमा शरण खोज्नेहरूको सङ्ख्या ह्वात्तै बढेको सरकारी तथ्याङ्कले देखाएको

अमेरिकी विदेशमन्त्री भन्छन् -ट्रम्प र पुटिनबीच प्रत्यक्ष अन्तरक्रिया नभई रुस-युक्रेन वार्तामा प्रगति हुँदैन

बीबीसी । अमेरिकी विदेशमन्त्रीले टर्कीमा हुन लागेको युक्रेन–रुस शान्तिवार्ताप्रति आफ्नो धेरै अपेक्षा नरहेको

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

बर्लिन । जर्मनीको नयाँ सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माग गरेको कुल गार्हस्थ्य

सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने

पेरिस । ट्रम्प प्रशासनले आप्रवासीमाथिको कारबाहीको नेतृत्व गरेका कारण संयुक्त राज्य अमेरिकाले यस