ट्रम्पका मुख्य सहयोगी मेडोजलाई कोरोना सङ्क्रमण



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी मार्क मोडोज कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सूचीमा मेडोजको नाम पनि रहेको छ ।

उनीसहित अरु पनि धेरै उच्च सरकारी अधिकारीहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएको शुक्रबार पुष्टि गरिएको छ । अमेरिकामा कोरोनाभाइरसका कारण दुई लाख ३६ हजारभन्दा बढीको मृत्यु भइसकेको सरकारी तथ्याङ्क छ । कोरोनाभाइरसका कारण मृत्यु भएका र सङ्क्रमित भएकाहरुको संख्या अमेरिकामा सबैभन्दा धेरै रहेको छ ।

राष्ट्रपति पदका लागि अहिले उम्मेदवार समेत रहेका ट्रम्पका मुख्य सहयोगी नै सङ्क्रमित भएपनि पूर्ण विवरण भने दिइएको छैन । मुख्य सहयोगी मेडोज मतदानको दिन ट्रम्पसँगै विभिन्न ठाउँमा गएका थिए । त्यति बेला उनले मास्क समेत प्रयोग गरेका थिएनन् । त्यसैले उनीबाट धेरै जना प्रभावित भएको हुनसक्ने अनुमान गरिएको छ ।

उनी मतगणना स्थलहरुमा पनि मास्क विना जाने गरेकाले उनले धेरैलाई सारेको हुन सक्ने अधिकारी तथा चिकित्सकहरुले बताएका छन् । यसअघि राष्ट्रपति ट्रम्प सङ्क्रमित हुँदा पनि उनलाई सबैभन्दा बढी सहयोग गर्नेमा मेडोज नै थिए ।

ट्रम्पले कोरोनाभाइरसलाई सामान्यीकरण गर्दै आएका छन् । अमेरिकामा पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका छन् । अहिलेसम्म ९७ लाखभन्दा बढी भन्दा बढी सङ्क्रमित भएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रृङ्खलाबद्ध हत्या अभियोगमा दोषी ठहर भएका रोजर्सलाई मृत्युदण्ड

मियामी । अमेरिकाको दक्षिणी राज्य फ्लोरिडामा ‘क्रस कन्ट्री किलर’ भनेर चिनिने ६२ वर्षीय

गाजामा भएको इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १०० पुग्यो

गाजा । गाजामा इजरायली आक्रमणबा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको प्यालेस्टिनी उद्धारकर्ताहरूले

रुस–युक्रेन वार्तामा प्रगति भए ट्रम्प टर्की जाने

  दोहा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि प्रगति भयो भने उनी अझै

रुसी सेनासँग ‘व्यावहारिक सहयोग विस्तार’ गर्न चीन तयार

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै मस्कोमा भव्य द्वितीय विश्वयुद्ध विजय दिवस