भारतमा कोरोना संक्रमणबाट एक लाख २५ हजारको मृत्यु



भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४७ हजार ६३८ जना नयाँ संक्रमित थपिएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा हाल ५ लाख २० हजार सक्रिय संक्रमित रहेको जनाएको छ । कोरोना संक्रमित कूल व्यक्तिमध्ये ७७ लाख ६५ हजार संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा भारतमा ६७० जनाको निधन भएको छ । यो सहित भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २४ हजार ९८५ पुगेको छ ।

महाराष्ट्र राज्यमा अझै एक लाख ७ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । यहाँ हालसम्म ४४ हजार ८०४ जनाको मृत्यु भइसकेको छ ।

कर्नाटकमा भने ३३ हजार ११४ जनामा सक्रिय संक्रमण रहेको छ भने ११ हजार ३१२ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा ११ करोड ५४ लाख नमूना परीक्षण गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रत्येक वर्ष १० लाख श्रीलङ्काली दुर्घटनाका कारण अस्पतालमा भर्ना

हरेक वर्ष करिब १० लाख श्रीलङ्काली दुर्घटनाका कारण अस्पतालमा भर्ना हुने गरेको स्वास्थ्यमन्त्री

सन् २०२३ मा ईयूको रक्षा खर्च २७० अर्ब युरो पुग्ने

युक्रेनविरुद्ध रूसको युद्धका कारण सन् २०२३ मा युरोपेली सङ्घ (ईयू) को सैन्य खर्च

सन् २०२३ मा रूसमा अवैध क्रिप्टो कारोबारमा दोब्बर वृद्धि

रूसमा सन् २०२३ मा अवैध क्रिप्टोकरेन्सी कारोबारको सङ्ख्या दोब्बर भएको रूसी संघीय वित्तीय

होन्डाले यो दशक दुईपाङ्ग्रे विद्युतीय सवारीमा लगानी गर्ने

  जापानी अटो कम्पनी होन्डाले यो दशकमा विद्युतीय मोटरसाइकल र मोपेडको उत्पादनमा पाँच