कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या १२ लाख ३० हजार नाघ्यो



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख ३० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजारभन्दा बढीको मृत्यु भएसँगै विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख ३० हजार ७ सय ५७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार ८ सय भन्दाबढी संक्रमित भएसँगै कोरोना संक्रमितको संख्या ४ करोड ८४ लाख २० हजार १०१ पुगेको छ ।

संक्रमितमध्ये तीन करोड ४६ लाख ७० हजार ६ सय १ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै, संक्रमितमध्ये १ करोड २५ लाख १८ हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ८९ हजार २ सय बढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ९८ लाख १ हजार ३ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई लाख ३९ हजार बढीको मृत्यु भएको छ भने ६२ लाख ९२ हजार भन्दा बढी निको भएका छन् ।

त्यसैगरी छिमेकी मुलुक भारतमा हालसम्म ८३ लाख ६३ हजार ४ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख २४ हजार ३ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ७७ लाख १० हजार बढी निको भइसकेका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५५ लाख ९० हजार नाघेको छ भने १ लाख ६१ हजार १७० जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५० लाख ६४ हजार ३ सय भन्दा बढी निको भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाइजेरियाली सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु

  नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा देशको उत्तरपश्चिमी कादुना राज्यको एउटा गाउँमा आइतबार

३५ युक्रेनी ड्रोनलाई निष्प्रभावी बनाएको रुसको दाबी

रुसले मङ्गलबार ३५ वटा युक्रेनी ड्रोनहरू क्राइमियन प्रायद्वीप र अजोभ सागरमा निष्क्रिय बनाएको

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत भएका छन् । लाओस र रुसले

विश्व मिडिया शिखर सम्मेलनले चीन–अफ्रिका सहयोग बलियो बनाउने

विश्व मिडिया शिखर सम्मेलनले चीन–अफ्रिका सहयोग गहिरो बनाउने विश्वास गरिएको छ । दर्जनौं