बेलायतले लिभरपूलका सबैको कोरोना परीक्षण गर्ने



बेलायत सरकारले कोरोनाभाइरसबाट निकै प्रभावित लिभरपूलका सबै निवासीको स्वास्थ्य परीक्षण गर्ने घोषणा गरेको छ । यस शहरमा पाँच लाख भन्दा बढी मानिसको बसोबास रहेको छ । कोभिड–१९ परीक्षणका लागि सरकारले विभिन्न किसिमका प्रविधिहरुको प्रयोग गर्नेछ जसले एक घण्टा वा सोभन्दा कम समयमा नतिजा दिनेछ ।

बेलायती स्वास्थ्य सेवा विभागले उन्नत प्रविधिको सहायताले कोरोनाको कुनै लक्षण नदेखिएका व्यक्तिको पनि पहिचान गर्ने जनाएको छ । विभागले सटिक नतिजाबाट मानिसलाई सेल्फ–आइसोलेसनमा बस्न र थप विस्तार हुनबाट रोक्ने विश्वास लिएको छ । लिभरपूलमा गरिने यस परीक्षणले बेलायतमा व्यापक परीक्षणका सन्दर्भमा सिकाईका लागि मद्दत गर्नेछ ।

पछिल्लो समय बेलायतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकार नयाँनयाँ प्रविधि प्रयोग गर्न उत्सुक भएको हो । बेलायतमा आगामी बिहीबारदेखि दोस्रो चरणको लकडाउन हुँदैछ ।

बेलायतमै लिभरपूल शहरमा सबैभन्दा बढी दरमा कोरोना संक्रमित देखिएका छन् । यहाँ प्रति एक लाख जनसंख्यामा ४१० जनाभन्दा बढी संक्रमित भेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रत्येक वर्ष १० लाख श्रीलङ्काली दुर्घटनाका कारण अस्पतालमा भर्ना

हरेक वर्ष करिब १० लाख श्रीलङ्काली दुर्घटनाका कारण अस्पतालमा भर्ना हुने गरेको स्वास्थ्यमन्त्री

सन् २०२३ मा ईयूको रक्षा खर्च २७० अर्ब युरो पुग्ने

युक्रेनविरुद्ध रूसको युद्धका कारण सन् २०२३ मा युरोपेली सङ्घ (ईयू) को सैन्य खर्च

सन् २०२३ मा रूसमा अवैध क्रिप्टो कारोबारमा दोब्बर वृद्धि

रूसमा सन् २०२३ मा अवैध क्रिप्टोकरेन्सी कारोबारको सङ्ख्या दोब्बर भएको रूसी संघीय वित्तीय

होन्डाले यो दशक दुईपाङ्ग्रे विद्युतीय सवारीमा लगानी गर्ने

  जापानी अटो कम्पनी होन्डाले यो दशकमा विद्युतीय मोटरसाइकल र मोपेडको उत्पादनमा पाँच