न्यूजील्यान्डकी प्रधानमन्त्री आर्डेनद्वारा मन्त्रिपरिषद विस्तार



न्यूजील्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डेनले सोमबार नयाँ मन्त्रिपरिषदको घोषणा गरेकी छन् । निकै विविधतापूर्ण मानिएको मन्त्रिपरिषदमा पूर्वअर्थमन्त्री ग्रान्ट रोबर्टसनलाई उपप्रधानमन्त्री बनाइएको छ । रोबर्टसनले आफूलाई समलिङ्गी भएको भन्दै खुला रुपमा बताउने गरेका छन् । उनलाई अर्थ मन्त्रालयको कार्यभार समेत दिइएको छ ।

२० सदस्यीय मन्त्रिपरिषदमा महिला र माओरी समुदायका व्यक्तिलाई पनि राम्रो स्थान दिइएको छ । माओरी समुदायमा प्रचलित परम्परागत टाटु चिउँडोमा खोपेकी ननैया महुतालाई विदेश मन्त्रीको जिम्मेवारी दिइएको छ ।

गत अक्टोबरमा सम्पन्न आमचुनावमा ठूलो जनमत सहित विजयी भएकी आर्डेनले मन्त्रिपरिषदलाई बढीभन्दा बढी समावेशी बनाउने प्रयत्न गरेकी छन् । मन्त्रिपरिषद गठनका बारेमा राजधानी वेलिङटनमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री आर्डेनले न्यूजील्यान्डका लागि आगामी तीन वर्ष निकै चुनौतीपूर्ण रहेको बताइन् ।

उनले विश्वका धेरै देशलाई समस्यामा पारेको कोभिड–१९ ले न्यूजीन्यान्डलाई पनि असर पार्ने भन्दै चिन्ता व्यक्त गरिन् । प्रधानमन्त्री आर्डेनको दोस्रो कार्यकाल शुरु हुँदैछ । गत चुनावमा आर्डेनको लेबर पार्टीले ८७ प्रतिशत मतगणना भइसक्दा झण्डै ४९ प्रतिशत मत प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रत्येक वर्ष १० लाख श्रीलङ्काली दुर्घटनाका कारण अस्पतालमा भर्ना

हरेक वर्ष करिब १० लाख श्रीलङ्काली दुर्घटनाका कारण अस्पतालमा भर्ना हुने गरेको स्वास्थ्यमन्त्री

सन् २०२३ मा ईयूको रक्षा खर्च २७० अर्ब युरो पुग्ने

युक्रेनविरुद्ध रूसको युद्धका कारण सन् २०२३ मा युरोपेली सङ्घ (ईयू) को सैन्य खर्च

सन् २०२३ मा रूसमा अवैध क्रिप्टो कारोबारमा दोब्बर वृद्धि

रूसमा सन् २०२३ मा अवैध क्रिप्टोकरेन्सी कारोबारको सङ्ख्या दोब्बर भएको रूसी संघीय वित्तीय

होन्डाले यो दशक दुईपाङ्ग्रे विद्युतीय सवारीमा लगानी गर्ने

  जापानी अटो कम्पनी होन्डाले यो दशकमा विद्युतीय मोटरसाइकल र मोपेडको उत्पादनमा पाँच