ब्रिटेनका राजकुमार विलियमलाई कोरोना सङ्क्रमण



ब्रिटेनका राजकुमार विलियमलाई गत अप्रिल महिनामै कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको ब्रिटिश राजदरबारका स्रोतहरूले बीबीसीलाई बताएका छन् । उनलाई अप्रिलमा बुवा प्रिन्स अफ वेल्स चाल्र्सलाई सङ्क्रमण भएताका नै सङ्क्रमण देखिएको बताइएको छ ।

यो विषयबारे पहिलो पटक समाचार छापेको सन पत्रिकाका अनुसार ३८ वर्षीय विलियमले नागरिकहरूलाई अनावश्यक तनाव नहोस् भनेर आफ्नो सङ्क्रमणकाबारे सार्वजनिक जानकारी नदिएका हुन् ।

राजकुमार विलियमको निवास तथा कार्यालय रहेको केन्सिङ्टन दरबारले यो विषयमा आधिकारिक जानकारी दिन अस्वीकार गरेको छ । विलियलले ’अन्य महत्वपूर्ण कुराहरू भइरहेको र कसैलाई पनि तनाव दिन मन नलागेकोले’ सङ्क्रमणका बारेमा नबताएको सनले लेखेको छ । उनले दरबारकै चिकित्सकहरूसँग उपचार गराएको र सरकारी निर्देशिकाअनुसार एकान्तवासका नियमहरू पालना गरेको पत्रिकाले बताएको छ ।

राजकुमार विलियमले अप्रिलमा फोन र भिडिओ कलमार्फत् १४ वटा कार्यक्रममा भाग लिएको बताइएको छ । राजकुमार चाल्र्सलाई मार्चमा कोरोनाभाइरस सङ्क्रमण भएपछि उनले स्कटल्यान्डमा सात दिन एकान्तवासमा बिताएका थिए ।

निको भएपछि ७१ वर्षीय चाल्र्सले आफू सहजै उम्किएको बताएका थिए । अप्रिलमा प्रधानमन्त्री बोरिस जोनसनलाई पनि कोरोनाभाइरस सङ्क्रमण भएको थियो। उनलाई सघन उपचार कक्षमा राखिएको थियो ।

ब्रिटेनमा अहिलेसम्म १० लाख ३४ हजारभन्दा बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ४६ हजार ७०० जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेतन्याहूविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ पुनः सुरु

गाजा पट्टीमा हमासविरुद्ध जारी युद्धका बावजुद इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको भ्रष्टाचारको मुद्दा सोमबारदेखि

गाजामा मानवीय पीडा ‘असहनीय’ भएको आईसीआरसी प्रमुखको भनाइ

प्यालेस्टिनी क्षेत्रमा रहेका नागरिकको सुरक्षाका लागि आह्वान गर्दै अन्तरराष्ट्रिय रेडक्रस समितिका अध्यक्ष सोमबार

भारतको मणिपुरमा हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु

उत्तरपूर्वी राज्य मणिपुरमा सोमबार भएको हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु भएको छ

गाजामा १५ हजार प्यालेस्टिनीको मृत्यु

  गत अक्टोबर ७ देखि हालसम्म गाजापट्टीमा इजराइली हमलामा मर्ने प्यालेस्टिनीहरूको सङ्ख्या १५