इजरायलमा कोरोना भाइरसविरुद्धको खोपको परीक्षण सुरु



इजरायलले आइतबार एउटा कोरोनाभाइरस खोपको क्लिनिकल परीक्षण सुरु गरेको अधिकारीहरूले बताएका छन् । साथै इजरायल सरकारले कोभिड–१९ सङ्क्रमण रोक्न लिएका नियन्त्रणका उपायलाई पनि खुकुलो पार्ने बताएको छ । “हामी सुरुङ्को अन्त्यमा प्रकाश देख्न सक्छौं,” प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले तेल अवीव नजिकै शेबा मेडिकल सेन्टरमा पत्रकारहरूसँग भने ।

महामारीको सुरुमै नेतान्याहूले इजरायल इन्स्टिच्युट फर बायोलोजिकल रिसर्च (आईआईबीआर) लाई कोभिड–१९ भाइरसबिरूद्ध खोप विकास गर्न निर्देशन दिएका थिए । खोपको सुरुवात शेबा मेडिकल सेन्टर र जेरूसेलमको हद्दास मेडिकल सेन्टरमा कार्यरत दुई स्वयम्सेवकहरूलाई दिएर आइतवार गरिएको हो ।

इजरायलले पहिलो चरण ८० जनामा खोपको परीक्षण गर्नेछ भने दोस्रो चरणमा ९८० जनामा परीक्षण गर्नेछ र अन्तिम चरणमा अप्रिल वा मेसम्ममा तेस्रो अर्थात् अन्तिम परीक्षण २५ हजार व्यक्तिमा गर्ने बताइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार इजरायली परीक्षण विश्वव्यापी रूपमा परीक्षण भइरहेका अग्रणी ४० खोपहरुमध्ये एक हो ।

इजरायलमा अहिलेसम्म कूल तीन लाख १४ हजार व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने दुई हजार ५४१ व्यक्तिको मृत्यु भएको छ ।

इजरायलले आइतबारदेखि प्राथमिक तहमा पढ्ने विद्यार्थीका लागि आफ्नो पढाइका लागि विद्यालय जान अनुमति प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाइजेरियाली सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु

  नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा देशको उत्तरपश्चिमी कादुना राज्यको एउटा गाउँमा आइतबार

३५ युक्रेनी ड्रोनलाई निष्प्रभावी बनाएको रुसको दाबी

रुसले मङ्गलबार ३५ वटा युक्रेनी ड्रोनहरू क्राइमियन प्रायद्वीप र अजोभ सागरमा निष्क्रिय बनाएको

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत भएका छन् । लाओस र रुसले

विश्व मिडिया शिखर सम्मेलनले चीन–अफ्रिका सहयोग बलियो बनाउने

विश्व मिडिया शिखर सम्मेलनले चीन–अफ्रिका सहयोग गहिरो बनाउने विश्वास गरिएको छ । दर्जनौं