स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजद्वारा राष्ट्रिय एकताका लागि आह्वान



स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले राष्ट्रिय एकताका लागि सबै स्पेनी नागरिकसँग आह्वान गरेका छन् । यो संकटको घडीमा सबै देशबासीहरुले पनि सहयोग गर्नुपर्ने भन्दै उनले नत्र महामारीका विरुद्धमा लड्नका लागि सरकारलाई मात्र गाह्रो पर्ने बताए ।

स्पेनमा कोभिड १९ को संक्रमण पहिलेको भन्दा पनि अझ खतरनाक रुपमा बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि सरकारले लकडाउनदेखि लिएर विभिन्न कडा प्रतिबन्धहरु लगाएको छ । तर नागरिकले भने त्यसको विरोध गरेका छन् । यहाँका नागरिकले स्पेनको सरकारले लगाएको प्रतिबन्धका विरुद्धमा विभिन्न स्थानमा प्रदर्शन नै गरिरहेका छन् ।

सरकारले लामो समयका लागि र दशेव्यापी रुपमा नै निकै कडा खालको प्रतिबन्धहरु लगाए पछि यसका विरुद्धमा नागरिकहरु प्रदर्शनमा उत्रिएका छन् । त्यसैले प्रधानमन्त्री पेड्रो सान्चेजले राष्ट्रिय एकताका लागि सबै स्पेनी नागरिकसँग आह्वान गरेका हुन् । उनले सबैलाई जिम्मेवारी पूरा गर्न र आफूलाई एक नागरिकको कर्तव्य पुरा गर्न आह्वान गरेका छन् ।

महामारी नियन्त्रणका लागि हालका लागि लकडाउन भन्दा अर्काे कुनै विकल्प नरहेकोले सरकारले यसो गर्नु परेको हो भन्दै उनले यसका लागि सबै नागरिकको सहयोग नहुने हो भने अप्ठेरो पर्ने बताए ।

कतिपय नागरिकले सरकारको अहिलेको प्रतिबन्धका विरुद्धमा हिंसात्मक रुपमा पनि प्रदर्शन गरेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री पेड्रो सान्चेजले नागरिकको यो गैरजिम्मेवारी कामले महामारी नियन्त्रणका लागि समस्या पर्ने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रत्येक वर्ष १० लाख श्रीलङ्काली दुर्घटनाका कारण अस्पतालमा भर्ना

हरेक वर्ष करिब १० लाख श्रीलङ्काली दुर्घटनाका कारण अस्पतालमा भर्ना हुने गरेको स्वास्थ्यमन्त्री

सन् २०२३ मा ईयूको रक्षा खर्च २७० अर्ब युरो पुग्ने

युक्रेनविरुद्ध रूसको युद्धका कारण सन् २०२३ मा युरोपेली सङ्घ (ईयू) को सैन्य खर्च

सन् २०२३ मा रूसमा अवैध क्रिप्टो कारोबारमा दोब्बर वृद्धि

रूसमा सन् २०२३ मा अवैध क्रिप्टोकरेन्सी कारोबारको सङ्ख्या दोब्बर भएको रूसी संघीय वित्तीय

होन्डाले यो दशक दुईपाङ्ग्रे विद्युतीय सवारीमा लगानी गर्ने

  जापानी अटो कम्पनी होन्डाले यो दशकमा विद्युतीय मोटरसाइकल र मोपेडको उत्पादनमा पाँच