विश्वका तीन करोड ३४ लाख ८३ हजार मानिस कोरोना संक्रमणमुक्त
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजारभन्दा बढीको मृत्यु भएसँगै विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख १ सय ९३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४ लाख ७५ हजार हाराहारी मानिस संक्रमित भएसँगै कोरोना संक्रमितको संख्या ४ करोड ६३ लाख ७३ हजार ७७७ पुगेको छ । संक्रमितमध्ये तीन करोड ३४ लाख ८३ हजार ५ सय १६ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार ६ सय भन्दा बढी संक्रमण मुक्त भएका छन् । त्यस्तै, संक्रमितमध्ये १ करोड १४ लाख ९० हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ८४ हजार २ सय बढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ९४ लाख २ हजार ५ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् ।
संक्रमितमध्ये दुई दाख ३६ हजार बढीको मृत्यु भएको छ भने ६० लाख ६२ हजार ४ सय भन्दा बढी निको भएका छन् । त्यसैगरी छिमेकी मुलुक भातरमा हालसम्म ८१ लाख ८२ हजार ८ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् ।
संक्रमितमध्ये एक लाख २२ हजार १ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ७४ लाख ८९ हजार बढी निको भइसकेका छन् । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५५ लाख ३५ हजार नाघेको छ भने १ लाख ५९ हजार ९०२ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४९ लाख ७२ हजार ८ सय भन्दा बढी निको भएका छन् ।