फ्रान्समा पादरीमाथि गोली प्रहार
फ्रान्सको लियोंमा शनिबार एक जना पादरीमाथि गोली प्रहार भएको छ । अर्थोडक्स गिर्जाघरमा भएको हमलामा आक्रमणणकारीले त्यहाँका पादरीलाई गोली हानेर गम्भीर घाइते बनाएका छन् ।
ग्रिक मूलका ती पादरीलाई दुई पटक गोली हानिएको थियो । चर्चको ढोका बन्द गरेर हिँड्न लागेका बेला आक्रमणणकारीले पादरीमाथि गोली प्रहार गरेका थिए । गोली प्रहारबाट गम्भीर घाइते भएका उनको उपचार भइरहेको छ ।
प्रहरीले चर्च वरिपरिको क्षेत्रलाई सिल गरेको छ । त्यसलाई आतंककारी हमला भनिए पनि चर्चमा हमला गर्नुको कारण भने खुलाइएको छैन । निस सहरमा तीन जनाको हत्या गरिएको चौथो दिन फेरि लियों सहरमा शनिबार हमला भएको हो ।
सन् २०१५ मा चार्ली हेब्दो ब्यंग्य पत्रिकामा हमला गरी आतंककारीहरुले एक दर्जनको हत्या गर्नुको साथै अन्य ११ जनालाई घाइते पारेको घटनादेखि नै फ्रान्स आतंककारी हमलाको उच्च जोखिममा देखिएको छ