यूरोपमा कोरोनाका कारण अघिल्लो हप्ताको तुलनामा दैनिक मृत्युदर ४० प्रतिशत वृद्धि



फ्रान्स । यूरोपमा कोरोना भाइरसको कारण मृत्युदर अघिल्लो हप्ताको तुलनामा झन्डै ४० प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

संगठनका प्रवक्ता डाक्टर मार्गरेट ह्यार्रिसका अनुसार फ्रान्स , स्पेन , बेलायत ,नेदरल्याण्ड र रुस लगायतका देशमा कोभिड १९ महामारीको दोस्रो लहर सुरु भएपछि युरोपमा मृत्युदर पुनः बढेको हो ।

रुसमा एकैदिन ३२० जनाको मृत्यु भएपछि कुल मृत्यु हुनेको संख्या २६ हजार ५८९ पुगेको छ । त्यस्तै इटालीमा एकैदिन २२१ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्। सोमवार नयाँ प्रतिबन्धहरू घोषणा गरिएपछि इटलीभरका सहर र नगरहरूमा प्रदर्शनहरू भएका थिए।

हाल रुस कोभिड संक्रमण हुने देशहरुमध्ये चौथो स्थानमा रहेको छ भने अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमित मुलुक बनेको छ। त्यस्तै भारत दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन् ।

भारतमा भने कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या पछिल्लो तीन महिनामा हिजो सबैभन्दा थोरै देखिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार हिजो एकैदिन सबभन्दा थोरै ४० हजारभन्दा कम सङ्क्रमित भेटिएका हुन् । योसँगै भारतमा कूल सङ्क्रमितको सङ्ख्या ७९ लाख ९० हजार ३२२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाटो सदस्य राष्ट्रहरूबीच रक्षा बजेटमा उल्लेखनीय वृद्धि

ब्रसेल्स । नाटोले सन् २०२४ मा ३२ सदस्य राष्ट्रमध्ये २२ राष्ट्रले आफ्नो कुल

‘विनफास्ट’को विद्युतीय सवारी व्यापारमा ठूलो वृद्धि

हनोई । भियतनामको विद्युतीय गाडी निर्माता ’विनफास्ट’ ले सन् २०२४ मा अघिल्लो वर्षको

ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई सन्देशः ‘अब शान्ति सम्झौता गरौं’

युक्रेन । कीभमा भएको घातक रुसी मिसाइल आक्रमणपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी

इजरायली आक्रमणमा गाजामा २९ जनाको मृत्यु

गाजा। गाजा पट्टीमा बिहीबार भएका इजरायली  हवाई आक्रमणमा कम्तीमा २९ जना प्यालेस्टिनी नागरिकको