भारत र अमेरिकाबीच रक्षा सम्झौतामा हस्ताक्षर



भारत । भारत र अमेरिकाले एक महत्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् ।

लद्धाख घटनापछि भारत र चीनको बीचमा केही महिनायता तनाव बढिरहेको समयमा भएको यो सम्झौतालाई निकै महत्वका साथ हेरिएको छ । रक्षा सम्बन्धी केही संवेदनशील स्याटलाइट तस्बीर, नक्सा लगायतका सूचनाहरु भारत र अमेरिकाबीच एक आपसमा आदान प्रदान हुने भएकोले यो सम्झौता निकै महत्वूर्ण रहेको बीबीसीले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ट्वीट गर्दै दुबै देशबीच भएको पछिल्लो सम्झौताले भारत र अमेरिकाबीचको सम्बन्धलाई थप प्रगाढ र सुदृढ बनाउने बताएका छन् ।

उनले सम्झौतालाई अघि बढाउन दुबै देशको उच्च नेतृत्वले देखाएको तत्परता र समर्थनले आगामी दिनमा दुबै देशबीच थप सहकार्यको मार्ग प्रशस्त गरेको पनि बताए ।

सम्झौता अनुसार भारतले अमेरिकाले जम्मा पारेका सूचनाहरुमा पहुँच पाउने छ । ती सूचनाहरु मिसाइल, ड्रोन लगायतका आक्रमणका लागि उपयोगी हुने उल्लेख छ । यि दुई देशको बीचमा आज नै भएको टु प्लस टु बैठकपछि सम्झौता भएको हो ।

सोही वैठकका लागि अमेरिकी विदेशमन्त्री माइक पम्पियो र रक्षामन्त्री सोमबार भारतको भ्रमणमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेतन्याहूविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ पुनः सुरु

गाजा पट्टीमा हमासविरुद्ध जारी युद्धका बावजुद इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको भ्रष्टाचारको मुद्दा सोमबारदेखि

गाजामा मानवीय पीडा ‘असहनीय’ भएको आईसीआरसी प्रमुखको भनाइ

प्यालेस्टिनी क्षेत्रमा रहेका नागरिकको सुरक्षाका लागि आह्वान गर्दै अन्तरराष्ट्रिय रेडक्रस समितिका अध्यक्ष सोमबार

भारतको मणिपुरमा हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु

उत्तरपूर्वी राज्य मणिपुरमा सोमबार भएको हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु भएको छ

गाजामा १५ हजार प्यालेस्टिनीको मृत्यु

  गत अक्टोबर ७ देखि हालसम्म गाजापट्टीमा इजराइली हमलामा मर्ने प्यालेस्टिनीहरूको सङ्ख्या १५