पाकिस्तानमा बम विस्फोट हुँदा कम्तीमा सात जनाको मृत्यु, १ सय १० भन्दाबढी घाइते



पाकिस्तान । पाकिस्तानमा शक्तिशाली बम विस्फोट हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ ।

मङ्गलबार बिहान भएको घटनामा परी अन्य १ सय १० जना भन्दाबढी घाइते भएको सरकारी अधिकारीहरुले जानकारीअनुसार दिएका छन् । स्थानीय जमिया जुबैरिया मदरसामा इस्लाम धर्मका बारेमा विशेष कक्षा सञ्चालन भइरहेका बेलामा विस्फोटन भएको हो ।

विस्फोटनमा परी मृत्यु भएका र घाइते भएका सबै विद्यार्थी रहेको जनाइएको छ । घटनास्थलमा शङ्कास्पद झोला भेटिएको र घटनाका बारेमा पूर्ण अनुसन्धान शुरु गरि सकिएको प्रहरी अधिकृत वाक्वार अजिमले जानकारी दिए । विस्फोटनका लागि पाँच किलो विस्फोटक पदार्थ प्रयोग गरेको पाइएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । घटनामा परी केही शिक्षक र कर्मचारीसमेत घाइते भएका छन् ।

घाइते भएका विद्यार्थी अधिकांश २५ वर्षको हाराहारीका रहेका छन् । घाइते भएकामध्ये केही विद्यार्थी अफगानीसमेत रहेको जनाइएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् भने घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनद्वारा कार्बनडाइअक्साइड उत्सर्जन उच्च रहेका पाइलट सहरहरूको सूची जारी

  कार्बन डाइअक्साइड उत्सर्जनको चरम अवस्थामा पुग्ने लक्ष्यसहित चिनियाँ सरकारले बुधबार पाइलट सहर

बेल्ट एण्ड रोड परियोजनाबाट पछि हट्यो इटाली

चीनको विशाल बेल्ट एण्ड रोड पूर्वाधार पहलबाट इटाली औपचारिक रूपमा पछि हटेको छ

समुद्रबाट भागेर नयाँ जीवनको योजना बनाउँदै उत्तर कोरियाली ‘भगौडा’

  मे महिनाको एउटा आँधीबेहरीको रातमा किमले आफ्नो परिवारलाई आफ्नै घरमा बनाएको काठको

चीन र अमेरिकी शीर्ष कूटनीतिज्ञहरूबीच इजराइल–हमास युद्धबारे छलफल

  चीन र अमेरिकाले उनीहरूका शीर्ष कूटनीतिज्ञहरूले बुधबार फोनमार्फत इजराइल–हमास युद्धबारे छलफल गरेको