अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा ब्यारेट नियुक्त



काठमाडौं । अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा एमी कोनी ब्यारेट नियुक्त भएकी छिन् ।

अमेरिकामा राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा डोनाल्ड ट्रम्पको सिफारिसमा परेकी ब्यारेट न्यायाधीशमा नियुक्त भएकी हुन्।

सिनेटमा ब्यारेटको पक्षमा ५२ मत परेको थियो भने विपक्षमा ४८ मत परेको थियो । एकजना सिनेटर सुसन कोलिन्सले भने पार्टीको लाइनभन्दा बाहिर ब्यारेटविरुद्ध डेमोक्रेटको पक्षमा मतदान गरेका थिए ।

रिपब्लिनकले एक कार्यकालमा नियुक्त गरेकी ब्यारेट तेस्रो न्यायाधीश बन्न पुगेका छन् । एमी नियुक्त भएसँगै अमेरिकाको सर्वोच्च अदालतमा कन्जरभेटिभ न्यायाधीशको ६÷३ को बहुमत भएको छ ।

माथिल्लो सदनले एमीको नाम पारित गरेपछि एमीले सर्वोच्च अदालतमा ८७ वर्षको उमेरमा दिवंगत भएकी न्यायाधीश गिन्सबर्गको स्थान लिएकी छिन् ।

अमेरिकाको संविधानअनुसार सर्वोच्च अदालतमा न्यायाधीशले जीवनभर सेवा गर्न पाउँछन् ।उनीहरुको फैसलाले बन्दुकदेखि मताधिकार, गर्भपतनसहितका सार्वजनिक जीवनका सबै पक्षमा प्रभाव राख्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ